माघ १३,
दुर्घटनाग्रस्त विमान यात्रुबाहक विमान थियो वा सैनिक विमान यसबारे जानकारी प्राप्त हुन सकेको छैन । अफगानिस्तानको पूर्वी क्षेत्रमा रहेको गजनी प्रान्तमा सोमबार एउटा विमान दुर्घटना भएको अफगानी अधिकारीले बताएका छन् । विमानमा कति यात्रु रहेका थिए भन्नेबारे समाचार तयार पार्दासम्म जानकारी हुन सकेको छैन । ‘स्थानीय समयअनुसार दिउसो १ बजेर १० मिनेट जाँदा गजनी राज्यको देहयाक...
माघ १३,
भक्तपर । महानगरिय प्रहरी वृत्त थिमिले पकेट मार्दै हिड्ने तीन जनालाई पक्राउ गरेको हो ।
सोमबार प्रहरी काठमाडौं दुवाकोट रुटमा चल्ने बसमा यात्ररत एक महिलाको पकेट मारेर भाग्दै गरेको अवस्था तीनलाई पक्राउ गरेको वृत्तका प्रमुख प्रहरी नायव उपरिक्षक शान्तिराज कोइरालाले बताए । पक्राउ पर्नेमा धनकुटा जिल्ला सागुरीगढी गाउँपालिका वडा नम्बर ७ घर भई हाल ललितपुर ठैव बस्ने...
माघ १३,
कैलाली । धनगढीमा नेपाली कांग्रेसबाट विजयी वडा अध्यक्षसहित १६ जुवाडे पक्राउ परेका छन् । धनगढी उपमहानगरपालिका–३ बाट आइतबार राती जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले विशेष सूचनाका आधारमा गोदावरी नगरपालिका वडा नम्बर १० का अध्यक्ष गुड्डु भनिने रविन्द्र शाही सहितका १६ जनालाई पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरिक्षक सुदिप गिरीले वडा अध्यक्ष सहितका...
माघ १३,
काठमाडौं । सरकारी छाप र सचिवको हस्ताक्षर किर्ते गर्ने प्रदेश सांसदलाई जेल सजायको फैसला भएको छ। प्रदेश १ का प्रदेश सांसद गुलेफुन मियाँलाई उच्च अदालत विराटनगरले १ वर्ष कैद र रू १४, ५८३ जरिवाना सजायको फैसला गरेको हो। किर्ते मुद्दामा दोषी देखिएका तत्कालीन गाबिसका कर्मचारी कामत र मण्डललाई अड्डाका कर्मचारी भएका कारा थप दुई वर्ष सजाय सुनाएको...
माघ १३,
एजेन्सी(नयाँदिल्ली) । भारत सरकारले राष्ट्रिय ध्वजाबाहक बिमान सेवा एयर इन्डियाको खस्कदो अवस्थालाई ध्यानमा राख्दै कम्पनीको सम्पूर्ण शेयर बिक्री गर्ने योजना सोमबार सार्वजनिक गरेको छ । भारतको आर्थिक मन्दीसँगै राजश्व सङ्कलनमा प्रभाव पर्न थालेको भन्दै कम्पनीमा थप पूँजी लगानी नगर्ने नसकिने भारत सरकारको धारणा छ । भारत सरकारले गत वर्ष नै कम्पनीको आंशिक शेयर बिक्री गर्ने योजना सार्वजनिक...
माघ १३,
काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले एक सय २५ बिघा १६ कट्ठा सरकारी तथा सार्वजनिक जग्गा सरकारको नाममा फिर्ता गरेको जानकारी दिएकी छिन् । उनले सरकारले अब हजारका हजार जमिन सरकारका नाममा फिर्ता गर्ने पनि बताइन्। मन्त्रालयले दुई वर्षको अवधिमा गरेका प्रगति विवरणका बारेमा जानकारी दिन आयोजना गरिएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले...
माघ १३,
काठमाडौँ । रिले अनसनरत समूहलाई सभापति शेरबहादुर देउवा निकटका नेविसंघका कार्यकर्ताले आक्रमण गरेका हुन् । नेपाल विद्यार्थी संघमा ३२ वर्षमुनीको नेतृत्व हुनुपर्ने माग गर्दै ४१ दिनयता अनसन जारी छ । काँग्रेस केन्द्रीय समितिको बैठकका लागि सभापति शेरबहादुर देउवा पार्टी कार्यालय प्रवेश गर्नै लाग्दा अनसनरत समूहका कार्यकर्ताले देउवालाई घेर्न लागेपछि देउवा समर्थक कार्यकर्ताले प्रतिवाद गरेका थिए ।सो...
माघ १२,
काठमाडौं । पोखरा विमानस्थलमा चेकजाँचका क्रममा २९ राउण्ड गोलीसहित एकजना पक्राउ परेका छन्। चेकजाँचका क्रममा राइफलमा प्रयोग हुने गोलीसहित एक जना पक्राउ परेका हुन्। विमानस्थलको एक्सरे मेसिनले चेकजाँच गर्ने क्रममा पोखरा महानगरपालिका-२७ रिट्ठेपानीका ४० वर्षीय जितु शाहीको झोलामा गोली फेला परेको हो। उनको साथबाट २२ बोर राइफलमा प्रयोग हुने २९ राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी...
माघ १२,
नगरकोट । नाल्दुम नगरकोट जेसिज को छैटौ पदस्थना तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा मण्डनदेउपुर नरपालिकाका प्रमुख टोक बहादुर वाइबा, बिशेष अतिथी नेपाली सेना वार कलेज नगरकोटका सहायक रथी श्री सुरेश कार्की, वडा नं २ वडा अध्यक्ष केशब प्रशाद तिमिल्सिनालगायतको उपस्थिती रहेको थियो । उक्त कार्यक्रममा विभिन्न बिधामा आफ्नो अमुल्य समय दिनुहुने व्यक्तिहरुलाई सम्पन्न गरिएको...
माघ १२,
पोखरा । कुटपिट अभियोगमा पक्राउ परेका दिपक मनाङे रिहा भएका छन् । अखिल नेपाल फुटबल संघ कास्कीका अध्यक्ष मिलन गुरुङलाई झापड हानेको अभियोगमा पक्राउ परेका मनाङे ६ हजार धरौटीमा रिहा भएका हुन् । गण्डकी प्रदेशका सांसद समेत रहेका मनाङेबाट कुटिएका मिलनले माघ ८ गते जिल्ला प्रहरी कार्यालयमा कुटपिटको उजुरी दिएलगै ९ माघमा उनी पक्राउ परेका थिए ।...










