‘नगरकोट सडकको ठेकदारलाई कारवाही र जरिवाना गर्छौ’

800

माघ १०,
नगरकोट । संचार तथा सूचना प्रविधि एवम् शहरी विकाश मन्त्री गोेकुलप्रसाद बाँस्कोटाले अगामी २०७७ सालको बैशाखसम्ममा भक्तपुर–नगरकोटको सडक निर्माण नभए कारवाही गरिने बताएका छन् ।
नगरकोट नाल्दुम पर्यटन विकाश समितिको आयोजना गरेको दोस्रो नगरकोट महोत्सवको शुक्रबार उद्घाटन गदै मन्त्री बाँस्कोटालेले भने ‘बैशाखसम्म सडकको काम पुरा नभए सार्वजनिक खरिद ऐन अनुसार निर्माण व्यवसायीलाई कारवाही गछौं ।’
सार्वजनिक खरिद ऐन दफा (५९) को ७, ८र ९ लगाएर हामी असुलउपर गर्छौ, त्यसकोलागि म तपाईहरुसंग साथमा छु, मन्त्री बाँस्कोटाले भने । नगरकोटमा विकाश गर्नकालागि संस्कृतिक पर्यटनको अवधाराण समेतलाई साथसाथ लानु पर्ने बेला आएको मन्त्री बाँस्कोटाले भने ।

एउटा घर बनाउने कुरा होइन देश बनाउने कुरा भएकाले केही समय लाग्न सक्छ तर त्यसकालागि हामीसबै एक हुनुको विकल्प नभएको उनको भनाई छ । देशलाई सम्झेर काम गर्न वर्तमान सरकारल तयार रहकाले २२ वर्ष देश चलाउनेहरुले भत्काएर गए हामी बनाउदैं छौं, मन्त्री बाँकोटाले भने । संस्कृतिको रक्षा गर्दै पर्यटकको स्वागत सके मात्र पर्यटक लठ्ठ हुदैं खर्च खर्दछन् त्यसलेनै सुखि नेपाली र संम्वृद्ध नेपाल निर्माणमा सहयोग पुग्ने बताए । पर्यावरणलाई संरक्षण गर्दै पर्यटन क्षेत्रलाई क्रंकिट बाट बचाउन सबैले पहल गर्नु पर्ने मन्त्री बाँस्कोटाको भनाई छ ।

कार्यक्रममा बागमती प्रदेश सांसद बसुन्धरा हुमागाईले प्रदेश सरकारले पर्यटन क्षेत्रको विकाशकालागि योजनाहरु बनाईरहेको बताए । अर्का सांसद कष्णलाल भँडेलले नगरकोट भक्तपुर सडक विस्तार कार्य समयमा सम्पन्न नहुदाँ पर्यटन क्षेत्रमा नकारात्मक असर परेको बताएका छन् । कार्यक्रममा मण्डनदेउपुर नगरपालिकाका प्रमुख टोकबहादुर वाइवा, चाँगुनारायणका सोमप्रसाद मिश्र, नगरकोट नाल्दुम पर्यटन विकाश समितिका अध्यक्ष नविन गुरुङ्गलगायतले नगरकोटको विकाशकालागि सबैले एक भएर अगाडी बढ्नुु पर्ने धारणा व्यक्त गरेका छन् ।