‘भोली दिनको ११ बजे नगरकोट जाऔं ‘

278

माघ ९,
नगरकोट । पर्यटन वर्ष २०२० लाई सफल बनाउने उद्देश्यका साथ सुन्दर पर्यटकीय स्थल नगरकोटमा महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष २०२० र सोनम ल्होसारको अवसरमा यहीँ माघ १०, ११, १२ गते नगरकोटमा तीन दिने महोत्सव महोत्सव आयोजना हुन लागेको हो । शुक्रबार ११ बजेबाट नगरकोट महोत्सव सुरु हुनेछ । काभ्रे र भक्तपुर जिल्लाको सिमानामा रहेको नगरकोटबाट गणेश, लाङ्टाङ गौरीशंकर, सगरमाथालगायतका हिमश्रीङ्खला देखिनुका साथै सुर्योदय र सुर्यस्तको मनोरम दृश्य अवलोकन गर्न सकिन्छ । पर्यटकीय स्थल नगरकोटमा पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै दोश्रो नगरकोट महोत्सवलाई मण्डनदेउपुर नगरपालिका काभ्रे, चाँगुनारायण नगरपालिका भक्तपुर, नेपाल पर्यटन बोर्ड, बागमती प्रदेश सरकार, पर्यटन व्यवसायीलगायतका विभिन्न संघ संस्थाहरुको सहयोग रहेको छ ।

पर्यटन वर्षलाई सफल पार्नको लागि स्थानीय मौलिक झल्किने विभिन्न प्रस्तुतिहरु प्रदर्शन र लोपोन्मुख बाजागाजाहरु साथै स्थानीय खानाको परिकारहरु प्रदर्शन गरिने नगरकोट नाल्दुम पर्यटन विकास समितिका अध्यक्ष नविन गुरुङले जानकारी दिएका छन् । महोत्सवलाई सफल पार्न आयोजक संस्था नगरकोट नाल्दुम पर्यटन विकास समितिले विभिन्न कार्यक्रमहरु गर्दै प्रचारप्रसार गर्दै आइरहेको छ । ‘प्राकृतिक सम्पदा कला र सँस्कृति, पर्यटनको विकाश नगरकोटको उन्नति’ भन्ने मूल नाराका साथ मनाउन लागेका महोत्सवमा ख्याती प्राप्त कलाकारहरु चन्द्र कुमार दोङ, इन्दिरा गोले, विशाल काल्देन, शशीकला मोक्तानको प्रस्तुति रहने छ ।

स्थानीय खाना, ढिकी, जातो, हलो, स्थानीय संस्कृति परम्पराको प्रस्तुति समेत हुने महोत्सवमा ५० वटा स्टल हुने अध्यक्ष गुरुङ्गले बताए । पूर्ण रुपमा निःशुल्क महोत्सवको अवलोकन गर्न सकिने व्यवस्था आयोजक संस्थाले गरेको छ ।
तीन दिनसम्म चल्ले महोत्सवक करिव १५ हजार मानिसको उपस्थिति हुने १ करोड रुपैयाँभन्दा माथिको कारोवार हुने आयोजकले विश्वास लिएको छ ।