Monday, August 3, 2026
Home Blog Page 1194
फागुन २, नाला (काभ्रे) । चेक रिपब्लिक डेभलपमेन्टको अपरेसनले काभ्रेको बनेपा नगरपालिका नालामा रहको एक गुम्बालाई एम्बुलेन्स र मेडिकल उपकरण सहयोग गरेको छ । नालास्थित धाग्पो शिडरब लिङ फाउन्डेसनलाई एउटा एम्बुलेन्स, विभिन्न मेडिकल उपकरणहरु र एउटा माल बाहक गाडी सहयोग गरेको छ । नेपालकालागि चेक रिपब्लिकका राजदूत मिलान होभोर्काले शुक्रबार एक समारोह बीच फाउन्डेसनका प्रतिनिधिलाई एम्बुलेन्स र मालबाहक गाडीको...
फागुन २, काठमाडौं । सरकारले चीनको वुहानबाट नेपाली ल्याउन आइतवार नेपाल वायुसेवा निगमको वाइडबडी ए-३३० जहाज पठाउने भएको छ। चीनको हुवेई प्रान्तबाट स्वदेश फर्कन चाहने नेपालीलाई जहाजमार्फत स्वदेश ल्याउन लागिएको हो। हुवेई प्रान्तका विभिन्‍न शहरबाट १ सय ८५ नेपाली विद्यार्थी स्वदेश फर्कने भएका छन्। हुवेइ प्रान्तको वुहानलगायत शहरबाट १८५ नेपालीले स्वदेश फर्कन त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन्...
फागुन २, भक्तपुर । चाँगुनारायण नगरपालिका वडा नम्बर ७, खरीपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रमा चीनबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनको व्यवस्था गरिएको छ । १८५ नेपालीले स्वदेश फर्कन त्यहाँस्थित नेपाली दूतावासमा निवेदन दिएका छन् । मन्त्री परिषदले निर्णय गरेपछि विषेश विमान चीनको बुहान जाने छ ।उनीहरुलाई ५ वटा बसमा राखेर भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा ल्याइने छ । खरिपाटीमा सर्वसाधरणलाई राखिने र चाँगुनारायण...
फागुन २, काठमाडौं । नागढुङ्गादेखि मुग्लिनसम्मको ९४ दशमलव सात किलोमिटर सडक स्तरोन्नति गरिने भएको छ । हाल एकदेखि दुई लेन चौडाइ रहेको सडकलाई चारदेखि छ लेनसम्म विस्तार गर्न लागिएको हो । सडकमा साँघुरा मोड रहेकाले त्यसलाई समेत सुधार गरिने सडक विभागले जनाएको छ । मोड सुधार गर्दा सडकको लम्बाई नै केही घट्न जाने सडक विभाग, विकास सहायता समन्वय महाशाखाका...
नयाँ घर साइलो फागुन १, नेकपा सांसद यशोदा गुरुङ सुवेदी गत मंगलबार प्रतिनिधि सभाको शून्य समयमा स्वस्थानी ब्रतकथाको पाना च्यात्नुपर्छ भन्नु भयो । नेता र सांसदहरु नै धर्म विरोधी भएकै कारण आज नेपालमा द्धन्द्धपछि शान्तिको सन्देश फैलिन सकिरहेको छैन् । यहिँ रवैया र नीतिका कारणले हिन्दू र बौद्ध धर्ममा चौतर्फी प्रहारहरु हुन थालिरहेका छन् । धर्म जुनसुकै होस् त्यसको बाटो...
माघ २९, भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले लागुऔषध सहित जिल्लाका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । मंगलबार मध्यपुर ठिमी नगरपालिका वडा न.४ चारदोबाटोबाट लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र परिसर भक्तपुरबाट खटिएको टोलीले ३ जनालाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाका वर्ष २६ को राम कुमार खड्का, भक्तपुर सूर्यबिनायक न.पा. ५ कटुन्जे बस्ने वर्ष २५...
माघ २९, भक्तपुर । चीनबाट ल्याइने नेपालीलाई १४ दिन राख्न बनाईएको खरिपाटी र पिपलबोट (नगरकोट) क्वारेन्टाइनको बारेमा केन्द्र सरकार र स्थानीय सरकारबीच समन्वयको अभाव देखिएको छ । बुधबार चाँगुनारायण नगरपालिकाको सभाकक्षमा भएको अन्तरक्रियाको क्रममा स्थानीय जनप्रतिनिधीहरुले सरकारको निर्णयको बिरोध गर्दै बैठक पुस्तिकामा हस्ताक्षर समेत गरेनन् । प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले स्थानीय सरकारसंग समन्वय नगर्दा आक्रोश र विरोध जारी...
माघ २८, काठमाडौं । साहित्यकार जानु कम्बाङ्ग लिम्बु शब्द र गायिका अमृता लिम्बुको स्वर रहेको मारुनी लोक गीत शिरफुल सार्वजनिक भएको छ । गायिका लिम्बुको आवाजमा रहेको मारुनी ‘शिर फुल ’ गीतको भिडियो युटुवमा आएको हो । गीतमा संगीतकार डि आर अटुको संगीत रहेको छ । आशिक जवेगुको छायाँकन तथा सम्पादन यो गीतको म्युजिक भिडयोमा गायिका अमृताको अभिनय रहेको छ...
माघ २८, भक्तपुर । चाँगुनारायण नगरपालिकाको छैठौँ नगरसभा सम्पन्न भएको छ । मंगलबार बोजीनी नगरकोट रिर्सोट, सुडालमा एक कार्यक्रमका बीच नगरसभा सम्पन्न गरिएको हो । उक्त अवसरमा सार्क खेलकुद प्रतियोगीतामा पदक बिजेता खेलाडी सुस्मिता तामाङ्गलाई नगद १ लाख रुपैँया सहित सम्मान गरिएको छ । त्यसैगरि जिल्ला खेलकुद समित भक्तपुरको अध्यक्ष श्रीभक्त कासिछवालाई सम्मान गरिएको हो ।कार्यक्रममा नगरप्रमुख सोमप्रसाद मिश्रले छैठौँ नगरसभाले वडा...
माघ २८, काठमाडौं । सरकारले मकवानपुरको दामनस्थित पानोरमा रिसोर्टलाई ३ महिनासम्म काम गर्न नपाउनेगरी निलम्बन गरेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज एक विज्ञप्ति जारी गरी फच्र्युना इन्टरनेश्नल प्रालिको नाममा सञ्चालित सो रिसोर्टलाई ३ महिनासम्म होटल, रिसोर्ट तथा बारसम्बन्धी कुनै पनि कार्य गर्न नपाउने गरी निलम्बन गरिएको जनाएको छ ।तीन हप्ताअघि सोही रिसोर्टमा बसेका ८...