माननिय ज्यूले संसदमा बोल्दा धर्म र जातको सम्मान गर्नु पर्दैन ?

205

नयाँ घर साइलो
फागुन १, नेकपा सांसद यशोदा गुरुङ सुवेदी गत मंगलबार प्रतिनिधि सभाको शून्य समयमा स्वस्थानी ब्रतकथाको पाना च्यात्नुपर्छ भन्नु भयो । नेता र सांसदहरु नै धर्म विरोधी भएकै कारण आज नेपालमा द्धन्द्धपछि शान्तिको सन्देश फैलिन सकिरहेको छैन् । यहिँ रवैया र नीतिका कारणले हिन्दू र बौद्ध धर्ममा चौतर्फी प्रहारहरु हुन थालिरहेका छन् । धर्म जुनसुकै होस् त्यसको बाटो सत्यको हुन्छ । कुनैपनि धर्मले कसैलाई अपमान गर्न सक्दैन् । हिन्दू, बौद्ध, इस्लाम, इशाई, शिख, जैन कुनैपनि धर्मले अपराधलाई मान्यता दिदैंन ।

संसदमा १ मिनेट आफ्नो धारणा राखेकी उनले छाउ प्रथा हटाउनका लागि स्वस्थानी र ऋषी पञ्चमी ब्रतकथाको पाना च्यात्नुपर्ने अभिव्यक्ति दिएपछि सामाजिक सञ्जालमा गुरुङको आलोचना बढेको छ । उनले गणतन्त्र आएपछि पुरानो सामाजिक, सांस्कृतिक संरचना बदल्न सानो ढुङ्गा हान्दा ठूलो कोकोहोलो मच्चाएको बताइन् ।
तर, संसदमा रहेका माननीयहरुले बोल्दा कुनै जात, धर्म वा संम्प्रादयको सम्मान किन गर्न जान्दैनन् । यदि यहिँ शब्द छिमेकी देश भारतका सांसदले बोलेको भए दंगा फसाद सुरु भई सक्थ्यो । धर्ममा भएका सबै नकारात्मक कुरालाई मान्नु पर्दछ भन्ने मेरो विचार होइन । त्यसलाई हामीले क्रमश परिर्वतन गर्दै जानु पर्दछ । गलत कुरालाई हटाउन गलत नै गर्नु पर्दछ र ? हामीले त्यसलाई नपछ्याउदा भै गो नी ।

हामीले गणतन्त्र त ल्यायौँ तर आर्थिक, सांस्कृतिक, सामाजिक संरचना बदल्न सकेका छैनौं । सांस्कृतिक संरचना बदल्ने भन्दैमा मन्दिर, धर्मशाला, गुम्बा विहार भत्काउने वा गिता भागवतका पन्ना च्यात्नु पर्दछ भन्ने नै हो ?
हिजो २०४८ सालतिर चप्पल पड्काउदैं सिंहदरवार छिरेका नेता वा १० वर्ष युद्ध लडेका पूर्व माओवादी नेताहरुको हैशियत आज कुनै सामन्तीको भन्दा कम छैन् । जातिय राज्य र धर्म विरोधी अभियान चलाएर मत लिएपनि अन्तिममा पार्टी विलाउदैं गएपछि एकता गरेको भूल्नू माननिय ज्यू ?