यसरी भक्तपुरमा ५ जना पक्राउ परे

467

माघ २९,
भक्तपुर । महानगरीय प्रहरी परिसर भक्तपुरले लागुऔषध सहित जिल्लाका विभिन्न स्थानबाट पाँच जनालाई पक्राउ गरेको छ । मंगलबार मध्यपुर ठिमी नगरपालिका वडा न.४ चारदोबाटोबाट लागुऔषध नियन्त्रण ब्युरो कोटेश्वर र परिसर भक्तपुरबाट खटिएको टोलीले ३ जनालाई नियन्त्रणमा लिएको छ ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक जिल्लाका वर्ष २६ को राम कुमार खड्का, भक्तपुर सूर्यबिनायक न.पा. ५ कटुन्जे बस्ने वर्ष २५ को राधे मग्राती र काभ्रेपलाञ्चोक नमोबुद्ध न.पा.३ बस्ने वर्ष १९ को सुरेश भुजेल रहेको परिसर भक्तपुरले जानकारी दिएको छ । प्रहरीले उनीहरुको साथबाट नाइट्रोपाम ३ सय ३० ट्याब्लेट सहित नियन्त्रणमा लिइएको प्रहरीले बताएको छ ।
त्यसैगरि माघ २४ गते सूर्यविनायक नगरपालिका वडा नम्बर १ सिरुटारमा घर निर्माणको काम गर्दै आएका २ जनालाई पनि प्रहरीले लागुओषध सहित पक्राउ गरेको हो ।

प्रहरीका अनुसार मोरङ कञ्चनबारी गा.पा. ९ घर भई हाल काठमाण्डौ थानकोट बस्ने बर्ष ३१ को मनोज अधिकारी र भारत मोतिहारी जिल्ला घर भई हाल सिरुटार बस्ने बर्ष ४३ को मनेजर शर्मालाई पक्राउ गरेको छ ।
उनीहरुको साथबाट डाईजोपाम ३७ थान र फेनेरागन ३० थान सहित प्रहरी टोलीले नियन्त्रणमा लिएको परिसर भक्तपुरका सूचना अधिकारी डीएसपी दीपक गिरीले जानकारी दिएका छन् । प्रहरीले पक्राउ परेका पाँच जनालाई जिल्ला अदालत भक्तपुरमा पेश गरी लागुऔषध सम्बन्धी कसुर मुद्दामा म्याद थप गरी अनुसन्धान भईरहेको जानकारी दिएको छ ।