किन भयो चाँगुनारायण नगरपालिकामा चर्काचर्की ? (भिडियो हेराें)

2375

माघ २९,
भक्तपुर । चीनबाट ल्याइने नेपालीलाई १४ दिन राख्न बनाईएको खरिपाटी र पिपलबोट (नगरकोट) क्वारेन्टाइनको बारेमा केन्द्र सरकार र स्थानीय सरकारबीच समन्वयको अभाव देखिएको छ ।
बुधबार चाँगुनारायण नगरपालिकाको सभाकक्षमा भएको अन्तरक्रियाको क्रममा स्थानीय जनप्रतिनिधीहरुले सरकारको निर्णयको बिरोध गर्दै बैठक पुस्तिकामा हस्ताक्षर समेत गरेनन् । प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय र स्वास्थ्य मन्त्रालयले स्थानीय सरकारसंग समन्वय नगर्दा आक्रोश र विरोध जारी छ । चाँगुनारायण नगरपालिका वडा नम्बर ७, खरीपाटीमा रहेको विद्युत् प्राधिकरणको तालिम केन्द्रमा चीनबाट ल्याइने नेपालीलाई क्वारेन्टाइनको व्यवस्था गरेपछि स्थानीय बासिन्दामा त्रास फैलिएको छ ।
नगरप्रमुख सोमप्रसाद मिश्रले आफुलाई दैनिक जसो स्थानीय बासिन्दाले ज्ञापनपत्र बुझाउदैं, खरिपाटीमा ल्याएर चीनबाट फर्किएका राखे सो अवधी घर छोडेर अन्यत्र जान्छौं भन्दै विरोध गर्ने गरेको बताए ।
उनले भने ‘सरकारले हाम्रो नगरपालिकालाई डम्पिङ्ग साईट मात्र बनाउने खोजेको जस्तो देखियो, हाम्रो सहमति किन खोजीएन ?’ भन्दै प्रश्न गरे ।
नगरप्रमुख मिश्र जस्तै वडा नम्बर १ अध्यक्ष राजेश खडका, ६ का सन्ते वाइवा, ७ का ज्ञानबहादुर केसिले पनि स्थानीय सरकारलाई वेवस्था गर्दै केन्द्र सरकारले एकलौटी निर्णय गरेको तर जनतालाई जवाफ आफूहरुले दिन परिहरको गुनासो गरेका छन् । स्थानीय बासिन्दा प्रकाश लामिछानेले सरकारले कोरोना रोग लागेका बिरामी नभएर प्रभावित क्षेत्रका स्वस्थ्य नेपाली ल्याएर राख्ने भनेर चेतना यस क्षेत्र वरपर फैलाउन नसकेको आरोप लगाएका छन् ।

स्वास्थ्य सेवा विभाग, ईपिडेमियोलोजी तथा महामारी व्यवस्थापन विभागका डाक्टर फडिन्द्र प्रसाद बरालका अनुसार चीनको वुहान शहरमा रहेका करिब १ सय ८० जना नेपाली स्वदेश आउनका लागि सरकारको निर्णय कुरेर बसिरहेका छन् । मन्त्री परिषदले निर्णय गरेपछि विषेश विमान चीनको बुहान जाने छ ।
उनीहरुलाई ५ वटा बसमा राखेर भक्तपुरको खरिपाटी क्वारेन्टाइनमा ल्याइने छ । खरिपाटीमा सर्वसाधरणलाई राखिने र चाँगुनारायण नगरपालिका वडा नम्बर ६, पिपलबोटमा रहेको खानेपानीको तालिम केन्द्रमा उनीहरुलाई लिन जाने विमान चालक दलका सदस्य, कर्मचारीहरुलाई राखिने डाक्टर बरालले जानकारी दिएका छन् । ४ वटा भवनमा प्रत्येक कोठामा ३ जनालाई राखिने गरि व्यवस्थानपन गरिएको छ । उक्त क्वारेन्टाइनमा डाकटर, नर्स, औषधीकर्मी र चालक १/१ जना २४ घण्टा तैनाथ हुनेछन् । सुरक्षाका लागि भवनभन्दा बाहिर गेटमा नेपाली सेना, शस्शत्र प्रहरी र नेपाल प्रहरी रहने छन् ।