माघ २७,
काठमाडौं । सबैकी सहयोगी र मिलनसार मुना अधिकारी कार्की अब रहिनन् । पूर्व सचिव अर्जुन कार्कीकी पत्नी मुनाको आज बिहान हत्या भयो । बिहान साढे आठमा अर्जुन पशुपति गएका थिए । उनले पशुपति दर्शन गरिरहेको बेला उनको निवासमा अकल्पनीय मृत्युकाण्ड भइरहेको थियो ।छोरातुल्य थिए विजय चौधरी । ११ वर्षदेखि उनको परिवारमा सामेल थिए विजय । विजय...
माघ २७,
ललितपुर । ललितपुरमा दिनदहाडै स्कुटीमा आगजनी गरिएको छ । ललितपुर १० कुपण्डोलस्थित हिमालय होटल नजिकै रहेको साकाओता मार्गमा पार्किङमा राखिएको प्रदेश–३–०२–००८ प २७६४ नम्बरको स्कुटीमा अज्ञात व्यक्तिले आगजनी गरेका हुन् । सोमबार दिउँसो करिब ३ बजेको समयमा घरको कम्पाण्डभित्र रोकेर राखिएको स्कुटरमा आगजनि गरिएको हो ।
आगजनी गर्ने व्यक्ति फरार रहेको जनाइएको छ । उक्त स्कुटर...
माघ २७,
भक्तपुर । सूर्यविनायक नगरपालिकाका प्रमुख बासुदेव थापाले एकदिन पनि समय खेर नफाली नगरको विकाशमा लाग्ने बताएका छन् । नगरको कार्यालयमा अर्ध वार्षिकमा समीक्षाको अवसरमा आयोजित पत्रकार सम्मेलनमा बाल्दै नगरप्रमुख थापाले भने ‘हामी निर्वाचित भएर आएको २ वर्ष ७ महिना भयो, अबको २ वर्ष काम गर्न पाइन्छ त्यो समय खेर जान दिदैनौं । ’
दुई वर्षभित्रमा नगरपालिकाको भवन, बाकीं रहेका...
माघ २६,
काठमाडौं । अष्ट्रेलियाको न्यु साउथवेल्स राज्यमा भारी वर्षा भएको छ । वर्षाका कारण राजधानी सिड्नीसहित अधिकांश क्षेत्र जलमग्न भएका छन् । सडकहरु जलमग्न भएपछि यातायात सेवा प्रभावित भएको छ भने कतिपय क्षेत्रका बासिन्दा विद्युत सेवाबाट पनि बञ्चित भएका छन् । न्यु साउथवेल्स राज्यमा गत बुधबारदेखि नै पानी परिरहेको छ । शनिबार रातिको वर्षा दुई दशकयताकै ठूलो मापन...
माघ,
काठमाडौं । नेपाली कांग्रेसले आइतबार पनि माइतीघर मण्डलामा प्रदर्शन गरेको छ । बालुवाटारको ललिता निवासको जग्गा प्रकरणमा राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाइएको भन्दै नेपाल तरुण दल र नेपाल विद्यार्थी संघ(नेविसंघ) लगायत भातृ संगठनले प्रदर्शन गरेका हुन् । नेपाल कम्युनिस्ट पार्टीका नेताहरुलाई उन्मुक्ति दिइएको र अन्यलाई राजनैतिक प्रतिशोध र बदनियतपूर्ण मुद्दा लगाएको आरोप कांग्रेसको छ । माइतीघरमा प्रदर्शनमा...
माघ २६,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनै तहका सरकारको कामबाट सन्तोष गर्ने ठाउँ नभएको बताएका छन्। आइतवार सिंहदरबारमा बसेको राष्ट्रिय विकास समस्या समाधान समितिको बैठकमा अध्यक्षकोतर्फबाट बोल्दै प्रधानमन्त्री ओलीले काममा भएको ढिलासुस्तीले सन्तोष गर्ने ठाउँ नभएको बताएका हुन्। सातै प्रदेशका मुख्यमन्त्रीहरु पनि सहभागी हुने उक्त बैठकमा प्रधानमन्त्रीले आफ्नै नेतृत्वको सरकारको कामबाट जनताले पाउने जति लाभ पाउन...
माघ २६,
काठमाडौं । प्रहरीले करणी उद्योगको आरोपमा काठमाडौंको एक पुनस्थापना केन्द्रका सुरक्षा गार्डलाई पक्राउ गरेको छ ।
काठमाडौंको बुढानीलकण्ठ नगरपालिका ६ मा रहेको हाम्रो फेलोसिप पुनर्स्थापना केन्द्रका सुरक्षा गार्ड २५ वर्षका विशाल भन्ने रमेशप्रसाद वाग्ले पक्राउ परेका हुन् । पुनर्सथापना केन्द्रका उउपचारका लागि आएकी युवतीलाई एकान्तमा बोलाई सम्झाउने बाहनामा अश्लिल हर्क गर्ने, संवेदनशील अंग समाई पीडित बनाउने गरेको उजुरी...
माघ २५,
काठमाडौं । संघीय नेपालको संविधान अनुसार नेपालको स्थानीय सरकारहरुको संख्या ७ सय ५३ रहेका छन् । जसमा ७ प्रदेश रहेका छन् । ७ प्रदेश मध्य ४ प्रदेशको नामाकरण र स्थायी राजधानी तोकीएको छ ।प्रदेश १, नामाकरण हुन बाकीँ ।
अस्थायी राजधानीः विराटनगरफुङलिङ नगरपालिका, ताप्लेजुङ
आठराई त्रिवेणी गाउँपालिका, ताप्लेजुङ
सिदिङ्वा गाउँपालिका, ताप्लेजुङ
फक्ताङलुङ गाउँपालिका, ताप्लेजुङ
मिक्वाखोला गाउँपालिका, ताप्लेजुङ
मेरिङदेन गाउँपालिका, ताप्लेजुङ
मैवाखोला गाउँपालिका, ताप्लेजुङ
याङवरक गाउँपालिका,...
माघ २५,
कैलाली । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टसहितको टोलीले शनिबार कैलालीको विशेष आर्थिक क्षेत्रको स्थलगत अवलोकन गरेको छ । गोदावरी नगरपालिकामा रहेको हरैया विशेष आर्थिक क्षेत्र ९०० बिघा क्षेत्रफलमा फैलिएको छ भने डुँडेझाडी औद्योगिक क्षेत्र एक हजार १०० बिघामा फौलिएको बताइएको छ । सुदूरपश्चिम प्रदेशका मुख्य औद्योगिकस्थलहरुको अध्ययन अवलोकनका क्रममा मन्त्री भट्टसहितको टोलीले शनिबार कैलालीको गोदावरी नगरपालिकामा...
सिन्धुली । दुधौली नगरपालिका–१० पटियानिमा विद्युतीय झड्कामा परेर युवाको मृत्यु भएको छ । विद्युतीय झड्का लागेर गम्भीर घाइते भएका ३६ वर्षीय कृष्ण कटुवालको आज उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षक श्यामबहादुर खत्रीका जानकारी दिए । पटियानीस्थित सार्वजनिक नर्सरीमा काँडेतार लगाउन खम्बा गाड्न रड सिधा गर्ने क्रममा ११ हजार भोल्ट करेन्टको प्रशारण लाइनमा रडले...










