बैशाख ४,
काठमाडौं । बिहीबारदेखि धादिङ जिल्ला ‘सिल’ गरिएको छ । मन्त्रिपरिषद् वा गृह मन्त्रालयको आदेश वा निर्णयबिनानै धादिङ जिल्ला प्रशासन कार्यालयले धादिङ जिल्लालाई बैशाख १० गतेसम्मका लागि सिल गरेको हो । योसँगै खाद्यान्न पसल, तरकारी पसल, दुग्ध डेरी, बैंक तथा वित्तीय संस्था लगायत सम्पूर्ण बैंक तथा वित्तीय संस्थाहरु बन्द भएका छन् । खुला भएका केही पसलहरु समेत प्रहरीको सहयोगमा...
बैशाख ४,
काठमाडौं । पछिल्लो २४ घण्टामा स्वाव परीक्षण विधि (पीसीआर) र र्यापिड डाइग्नोष्टिक विधि (आरडीटी)बाट परीक्षण भएका सबै नमुनाको नतिजा नेगेटिभ देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पिसिआर विधिबाट ३ सय ६९ जना र आरडिटी विधिबाट ३ हजार २ सय ६३ वटा नमुना परीक्षण भएका छन् । पछिल्लो २४ घण्टामा गरिएका परीक्षण कुनै पनि पोजेटिभ नदेखिएको...
वैशाख ४,
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी अहिले विश्वभर फैलिएको छ । धेरै मुलुकहरु भाइरस नियन्त्रणको प्रयासमा छन् भने केही मुलुकमा देखिएको छैन । तर यो महामारी अहिले निको भएपनि पुनः फैलिने खतरा सन् २०२४ सम्म रहने एक अध्ययनले देखाएको छ । अमेरिकाको हावार्ड युनिभर्सिटीका शोधकर्ताले यो भाइरसको महामारीको खतरा सन् २०२४ सम्म रहेको बताएका छन् ।...
बैशाख ३,
सिन्धुपाल्चोक । जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जवरजस्ती करणी मुद्धाका फरार एक जना प्रतिवादी पक्राउ गरेको छ । अपहरण तथा शरीर बन्धक र जवरजस्ती करणी मुद्धामा २०७६ साल असार १३ गतेदेखि फरार रहेका प्रतिवादी बाबु तामाङ भन्ने मेघ बहादुर तामाङलाई बुधबार पक्राउ गरेको हो ।
पक्राउ गरि सम्मानित सिन्धुपाल्चोक जिल्ला अदालत दाखिला गरिएकोमा पुर्पक्षको लागि कारागार चलान भएको...
बैशाख ३,
काठमाडौं । सरकारले लकडाउनलाई कडाई गर्दै कोरोना भाइरस (कोभिड–१९) को परीक्षण, पहिचान र उपचारलाई तिब्रता दिने भएको छ । कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधबार बसेको बैठकले लकडाउनको अवस्थामा अनावश्यक रुपमा हुने आवागमनलाई कडाई गर्ने भएको हो । समितिको बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै मन्त्रिपरिषद् तथा प्रधानमन्त्री कार्यालय एवं कोभिड १९ संक्रमण रोकथात तथा...
बैशाख ३,
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बागमती प्रदेश संगठनले कोरोना संक्रमण विस्तार भइरहेको अवस्थामा लकडाउनलाई निरन्तरता दिँदै बागमती प्रदेशका सीमाना संघीय सरकारसँग समन्वय गरी शिल गर्न प्रदेश सरकारलाई निर्देशन दिएको छ । सो पाटीेका कमिटीका पदाधिकारीहरुको बैशाख १ गते बसेको विशेष डिजिटल बैठकले प्रदेश कमिटीलाई यस्तो निर्देशन गरेको हो ।अध्यक्ष नारायण दाहालको अध्यक्षता र प्रदेश इञ्चार्ज अष्ट...
बैशाख ३,
काठमाडौँ । कोरोना भाइरस संक्रमण नियन्त्रण तथा रोकथामको लागि लागू भएको लकडाउनको अवधिमा पास लिएर गुड्ने सवारी साधनहरुले पासको दुरुपयोग पनि गरेको पाइएको ट्राफिक प्रहरीले जनाएको छ । लकडाउन अवधिमा पास लिएर समेत धेरै संख्यामा सवारी साधन गुड्ने गरेकाले ट्राफिक प्रहरीले त्यस्ता सवारीलाई कडाइ गर्न लागेको हो ।सम्बन्धित व्यक्तिको अनुरोधमा निश्चित प्रयोजन र समयावधिका लागि भनि तोकिएको...
बैशाख ३,
काठमाडौं । कोरोना भाइरसको संकटबाट बाहिर निस्कदै गरेको चीनको वुहानमा बनाइएको सबैभन्दा ठूलो अस्थाई अस्पताल बन्द गरेको छ । गत फेब्रुअरीदेखि कोरोना भाइरसको संक्रमण रोकिएपछि बुधबारबान अस्थायी अस्पताल बन्द गरिएको हो । सो अस्पतालमा तैनाथ गरिएका हजारौं चिकित्साकर्मीको अन्तिम समूह बिदा भएको छ । कोरोना भाइरसको संक्रमणको सुरुआतमा महामारीको केन्द्र बनेको वुहान सहरमा रोगीको उपचारका लागि अस्पताल...
बैशाख २,
काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक र एक जनामा द्रुतगतिको परिक्षणमा कोरोना संक्रमणको लक्षण देखिएको छ । थप परिक्षणका लागि धुलिखेल अस्पतालमा ल्याईएको छ । बेथानचोक गाउँपालिका वडा नम्वर ५ का युवालाई आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो । युवा चैत्र ९ गते भारतबाट नेपाल आएका थिए । उनलाई धुलिखेल अस्पतालमा थप परिक्षणका...
बैशाख २,
काठमाडौँ । सरकारले लकडाउनको अवधि थप गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी वैशाख १५ गते सम्मका लागि लकडाउनको अवधि थप गर्ने निर्णय गरेको हो । यसबारेमा थप जानकारी आउन बाकीँ छ ।










