Home समाचार के कोरोना भाइरस पुनः फैलिने खतरा छ ?

के कोरोना भाइरस पुनः फैलिने खतरा छ ?

0
के कोरोना भाइरस पुनः फैलिने खतरा छ ?

वैशाख ४,
काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी अहिले विश्वभर फैलिएको छ । धेरै मुलुकहरु भाइरस नियन्त्रणको प्रयासमा छन् भने केही मुलुकमा देखिएको छैन । तर यो महामारी अहिले निको भएपनि पुनः फैलिने खतरा सन् २०२४ सम्म रहने एक अध्ययनले देखाएको छ । अमेरिकाको हावार्ड युनिभर्सिटीका शोधकर्ताले यो भाइरसको महामारीको खतरा सन् २०२४ सम्म रहेको बताएका छन् । साथै अहिलेको महामारी रोक्न सन् २०२२ सम्म सामाजिक दूरी कायम राख्ने अभ्यास जारी राख्नुपर्ने अवस्था आउने उनीहरुले बताएका छन् ।

हावार्ड टीएच चान स्कुल अफ पब्लिक हेल्थका पाँच शोधकर्ताहरुको मंगलबार जर्नल साइन्समा प्रकाशित प्रतिवेदनअनुसार अबको चार वर्षसम्म पनि यो भाइरस पुनः फैलिन सक्ने जोखिम कायम रहने देखिएको हो । प्रतिवेदनमा यो भाइरस रोक्न दुई वर्षसम्म सामाजिक दूरी कायम राख्नैपर्ने उल्लेख छैन । लम्ब्याइएको वा केही समयका लागि लगाइने सामाजिक दूरीको व्यवस्था भने सन् २०२२ सम्म जारी रहने उल्लेख गरिएको छ । यद्यपि सो समयभन्दा अघि नै यसको खोप पत्ता लागेको, उपचार सम्भव भएको वा गम्भीर अवस्थाको स्याहार क्षमता बढेको खण्डमा भने सामाजिक दूरीको नियम रहनेछैन ।

शोधकर्ताहरुले यो अनुसन्धानको लागि कोरोना भाइरस परिवारका दुई भाइरसको फरक फरक अवस्थाको तथ्यांक लिएका थिए । जसमा मौसमी परिवर्तन र रोगप्रतिरोधी क्षमताको अवधि लगायतका तथ्यांक पनि उल्लेख थियो । प्रतिवेदनकाअनुसार मानिसमा रोग प्रतिरोधी क्षमताको विकास मानिसमा स्थायी रुपमा नभएको खण्डमा यो भाइरस बारम्बार आइरहन्छ । तर, स्थायी रुपमा रोग प्रतिरोधी क्षमता विकास भएको खण्डमा भने यो भाइरस पाँच वा सो भन्दा लामो समयका लागि हराउनेछ ।

शोधकर्ताहरुले कुनै पनि मुलुकमा पर्याप्त मात्रामा परीक्षण गरेर मानिसहरुलाई पर्याप्त स्वास्थ्य स्याहार दिन सके सामाजिक दूरी कायम गर्नुपर्ने नियम आवश्यक नहेको बताएका छन् । सामाजिक दूरीको नियमले कोरोना भाइरसको संक्रमित घटाउँदै स्वास्थ्य प्रणालीमाथिको दबाब कम गर्ने उनीहरुको भनाइ छ ।

स्रोतः द साउथ चाइना मर्निङ पोष्ट/अनलाईन खबर

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here