वैशाख ७,
विराटनगर । विराटनगर स्थित कोभिड-१९ विशेष अस्पतालमा उपचाररत कोरोना संक्रमित बिरामीलाई अब यन्त्र मानव (रोर्बट)ले खानेकुरा पुर्याउने भएको छ । विराटनगर महानगरपालिकाले कोरोना विशेष अस्पतालका लागि तयार पारेको उक्त रोवर्टले अस्पताल परिसरमा हानिकारक जिवाणु मार्न औषधि छर्ने काम पनि गर्नेछ । मेयर भीम पराजुलीले अस्पतालमा कोरोना संक्रमितलाई राखिएकाले उनीहरूको संसर्गबाट अरुलाई कोरोना संक्रमण नहोस् भनेर रोबर्टको सहायता लिन...
वैशाख ६,
काठमाडौं । कोरोना भाइरस ९कोभिड–१९० को कारण एक प्रहरी अधिकारीको मृत्यु भएको छ । भारतको पञ्जाब लुधियानाका एसीपी अनिल कोहलीको कोरोना भाइरसको कारण शनिबार मृत्यु भएको हो । उनी ओपोलो अस्पतालमा भर्ना भएका थिए । उनलाई लुधियानाकै एसपीएस अस्पतालमा प्लाज्मा थेरापी दिने तयारी गरिएको थियो । तर, यो प्रक्रिया शुरु हुनुपूर्व नै उनको मृत्यु भएको हो ।...
बैशाख ६,
काठमाडौं । जनकपुरधामस्थित महावीर चोकमा पैसा फालेर फरार भएको आरोपमा पक्राउ परेकी दुई महिलाको आरडिटी रिपोर्ट पोजेटिभ देखिएको छ। कोरोना भाइरस संक्रमणको संत्रासकाबीच पैसा फालेर फरार भएको भनिएको महिललाई नियन्त्रणमा लिई प्रादेशिक अस्पताल जनकपुरमा गरिएको परिक्षणमा आरडिटी रिपोर्ट पोजेटिभ देखिएको अस्पताल स्रोतले जनाएको छ। उनीहरु दुबैजनाको अहिले पिसिआर टेस्ट भइरहको बताइएको छ।
बैशाख ६,
कास्की । कोरोना भाइरसको जोखिम हुन नदिन गण्डकी प्रदेशमा अन्य प्रदेशबाट प्रवेशलाई सीमानाकाबाटै निषेध गरिएको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं प्रदेशमा गठित कोरोना सङ्कट व्यवस्थापन कार्य सञ्चालन केन्द्रका संयोजक पृथ्वीसुब्बा गुरुङको अध्यक्षतामा शुक्रबार बसेको बैठकले जारी लकडाउनको प्रदेशमा कडाइका साथ पालना गराउन सो निर्णय गरेको बताइएको छ । प्रदेशको एक जिल्लाबाट अर्को जिल्ला वा एक स्थानीय...
बैशाख ६,
काठमाडौं । राहत वितरणका लागि सर्वदलीय समिति बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले माग गरेको छ । शनिबार बिहान पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीकण्ठमा बसेको काँग्रेस पदाधिकारी बैठकले राहत वितरणका क्रममा पक्षपात भएको निष्कर्षसहित सर्वपक्षीय समिति बनाउन माग गरेको हो । बैठकपछि काँग्रेस मुख्य सचिव कृष्णप्रसाद पौडेलले भने, 'राहत वितरण गर्दा पक्षतापूर्ण भयो भन्दै विभिन्न...
बैशाख ३,
भक्तपुर । कोरोना भाइरस (कोभिड–१९) को रोकथाम सरकारले लकडाउन गरेको छ । बुधबारबाट बैशाख १५ गतेसम्मलाई देशभर लकडाउन जारी रहेने छ । कोरोनाभाइरस (कोभिड–१९) विश्व मानव जातिका लागि गम्भीर चुनौतीकासाथ देखा परेको छ । विश्वका २ सय १० देश फैलिएको यो भाइरसको संक्रमण समाचार तयार गर्दासम्म २१ लाख ९७ हजार १ सय ६१ जनामा फैलिएको छ । १...
बैशाख ५,
काठमाडौं । राष्ट्रपति कार्यालयले सरकारलाई ९ करोड ५० लाख बजेट फिर्ता गरेको छ । सरकारले राष्ट्रपति कार्यालयका लागि उपलब्ध गराएको बजेटमध्येको ९ करोड ५० लाख रुपैयाँ फिर्ता भएको हो । कोरोनाभाइरसको कारण विशेष परिस्थिति उत्पन्न भएकाले चालू आर्थिक वर्षमा सरकारले विभिन्न शीर्षक अन्तर्गत उपलब्ध गराएको कूल बजेटमध्येबाट सो रकम फिर्ता गरिएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेले...
-राजकुमार ढकाल (प्रीन्स)
कोरोना र बैकल्पिक पठनपाठन
आज विश्व कोरोनाले ग्रसित छ । यस्तो बेला प्राय सबै ब्यक्तिमा मानसिक बिचलन नहुने कुरै भएन । सबै क्षेत्रलाई यस महामारिले तहसनहस बनाउदा शिक्षा क्षेत्र पनि यसको प्रत्यक्ष चपेटामा परेको छ । बिश्व बिद्यालय र स्कुलहरु बन्द हुदा शैक्षिक क्यालेन्डर बिग्रेको छ जसलाइ ब्यबस्थापन गर्न निकै कसरत अबस्य गर्नु पर्ने नै हुन्छ । सन...
४ बैशाख
कोरोना भाइरस । मानिसमा पहिलो पटक कोरोना भाइरसको खोजी गर्ने महिला स्कटल्यान्डकी एक बस चालकककी छोरी थिइन्, जसले १६ वर्षको उमेरमा नै स्कुल जान छाडेकी थिइन् । उनको नाम हो- जुन अलमेडा । उनी भाइरस इमिजिङ क्षेत्रमा चर्चित मानिसहरूको सूचीमा आफ्नो नाम लेखाउन चाहन्थिन् ।
तर, कोरोना भाइरस (कोभिड-१९)को महामारीको यस समयमा जुनको कामको र उनको खोजको चर्चा धेरै...
बैशाख ४,
काठमाडौं । नेपाल विद्यार्थी संघले अध्ययनका लागि डेरामा बसेका विद्यार्थीहरुलाई सहयोग गरेर स्थापना दिवस मनाउने भएको छ । विहिबार संघका अध्यक्ष राजीव ढुँगानाले सर्कुलर जारी गर्दै जिल्ला समिति र क्याम्पस इकाईलाई यस्तो निर्देशन जारी गरेका हुन् । बैशाख ६ गते नेपाल विद्यार्थी संघ स्थापना भएको ५१ वर्षमा पुग्दै छ । कोरोना भाइरसका कारण डेरामा रहेका विद्यार्थीहरु समस्यामा...









