बैशाख २,
काभ्रे । जिल्लाको बेथानचोक गाउँपालिका र मण्डनदेउपुर नगरपालिकामा एक र एक जनामा द्रुतगतिको परिक्षणमा कोरोना संक्रमणको लक्षण देखिएको छ । थप परिक्षणका लागि धुलिखेल अस्पतालमा ल्याईएको छ । बेथानचोक गाउँपालिका वडा नम्वर ५ का युवालाई आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो । युवा चैत्र ९ गते भारतबाट नेपाल आएका थिए । उनलाई धुलिखेल अस्पतालमा थप परिक्षणका लागि ल्याईएको छ ।
त्यस्तै मण्डनदेउपुर नगरपालिमा वडा नम्वर ३ नयाँ गाउँका युवामा द्रुतगतिको आरडिटी परिक्षणमा कोरोना भाईरसको संक्रमण देखिएको हो । उनी चैत्र ७ गते दुबईबाट आएको युवा २२ दिनक्वारेन्टाईनमा राखेर घर पठाईएको थियो । थप परिक्षणका लागि धुलिखेल अस्पताल ल्याईएको छ । उनको स्वाबको परिक्षणपछि दोश्रो रिपोर्ट आउनेछ ।