Friday, July 31, 2026
Home Blog Page 1156
-रमेश प्रजापति कोरोना भाइरसको त्रासले गर्दा विगत २ महिनादेखि भूगोलको प्रायः सम्पूर्ण भूभाग अझै थप नै छ । संसार भरी फैलिएको यो महामारी कहिले स्थिर हुन खोजे पनि फैलिने क्रम जारी नै छ । धन्न भौतिक रुपमा असाध्यै अभावग्रस्त हाम्रो मुलुक नेपालमा जति धेरै जोखिम छ त्यस्को दाजोमा क्षति न्यून नै भन्दा पनि हुन्छ । किनकी हाम्रो जस्तो पूर्व तयारी...
बैशाख ३०, धनकुटा । अज्ञात रोगले धनकुटाको साँगुरीगढी गाउँपालिकाको एक फर्ममा बंगुरका पाठापाठी र माउ मर्न थालेका छन्‌। वर्षेनी दिने गरिएको खोप यो वर्ष लकडाउनका कारण ल्याउन नपाउँदा साँघुरीगढी गाँउपालिका ५ ओख्रेका बंगुरपालक किसान गोविन्द प्रसाद थापा मगरका बंगुरका पाठापाठी र माउ मरेका हुन। करिब ६ वर्षदेखि बंगुरपालन सुरू गरेका मगरले बंगुरमा वर्षेनी लगानी बढाउदै लगेका भएपनि यो वर्ष...
बैशाख ३०, विराटनगर । भारतको नयाँ दिल्लीबाट ११ दिनको पैदल यात्रापछि ११ युवा विराटनगरको सीमावर्ती क्षेत्र रानी आइपुगेका छन् । लकडाउनका कारण खान समस्या भएपछि उनीहरु ११ दिन पैदल र केही स्थानमा ट्रक चढेर नेपाली भूमि आएका हुन् ।राति करिब १२ बजे सीमावर्ती क्षेत्र जोगवनी आइपुगेकाहरुलाई भारतीय प्रहरीले २ बजे चोरबाटो हुँदै नेपाल पठाएको छ । नेपाल प्रवेश गरेका...
बैशाख ३०, काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ भने त्यमध्ये ३३ जना निको भएका छन् । आज फेरि थप ५७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमितमा कपिलबस्तु जिल्लाका ८...
बैशाख २९, काठमाडौं । भारतले हालै नेपालीभूमि गुन्जी हुँदै लिपुलेक र मानसरोवर जोड्ने सडक निर्माण गरि उदघाटन गरेपछि यश अतिक्रमित कार्यको चौतर्फी बिरोध भएको छ। यसैबीच नेपाल बीमित हित संरक्षण संघले पनि उक्तकार्य प्रती खेद व्यक्त गर्दै नेपाली भूभागबाट भारतीय सेना हटाइ एक असल छिमेकीको रूपमा व्यबहार गर्न भारत सरकारलाई आग्रह गरेको छ । बीमित संघका अध्यक्ष कृष्ण प्रसाद...
बैशाख २९, काठमाडौं । लिपुलेकमा भारतीय अतिक्रमणका विरुद्धमा नेपाल विद्यार्थी संघले सोमबा। काठमाडौंमा गरेको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको नेपाली काँग्रेसले भत्सर्ना गरेको छ । काँग्रेसका मुख्य सचिव कृष्णप्रासद पौडेलका अनुसार नेविसंघका अध्यक्ष राजिव ढुंगाना, महामन्त्रीहरु प्रभात दाहाल, उर्मिला थपलिया, दिपक भट्टराई, बलदेव तिम्सिना र यूवराज पाण्डे लगायत एक सयभन्दा बढी विद्यार्थी नेताहरूलाई गिरफ्तार गरेर महेन्द्र पुलिस क्लब लगायतका स्थानमा...
बैशाख २९, काठमाडौ । नेपालमा फेरि  थप १० जना कोरोनाभाइरस संक्रमित फेला परेका छन् । कपिलवस्तुका १० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कविलवस्तुको यशोधरा गाउँपालिका–५ र बुद्धभूमि नगरपालिका– ७ र १० नम्बर वडाका १० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको हो । संक्रमितहरुमा १८, १९, २०, २० २४, ३०, ३१, ३४ र ३४ वर्षकै पुरुष रहेका छन् ।...
बैशाख २८, काठमाडौं । नेपाल सरकारले आइतबारदेखि काठमाडौँ उपत्यकामा सवारी साधन सञ्चालनमा टाइम कार्ड लागू गरेसँगै पेट्रोलियम पदार्थको खपत बढेको छ । लकडाउनका कारण पेट्रोलियम पदार्थको खपत न्यून रहेकामा आज दोब्बर खपत भएको नेपाल आयल निगम थानकोट डिपोले जनाएको छ । डिपोका प्रमुख प्रदीप यादवका अनुसार आज दुई सय किलोलिटर पेट्रोल र पाँच सय किलोलिटर डिजेल खपत भएको छ...
बैशाख २८, भक्तपुर । अरनिको राजमार्ग हुदैं पूर्वका जिल्लाबाट राजधानी प्रवेश गर्ने प्रमुख नाका भक्तपुरको जगातीमा सवारी साधन निःसंक्रमण गराउने ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ । काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर यातायात प्रालीको पहलमा तयार भएको उक्त टनेल आइतबारदेखि सञ्चालनमा ल्याएको हो ।महानगरिय प्रहरी वृत्त जगातीको चेक पोष्ट नजिकै राखिएकोे ‘डिस्इन्फेक्सन टनेल’बाट अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई...
बैशाख २८, काठमाडौं । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले लिम्पियाधुरास्थित काली नदीको मुहानयताको भूभाग नेपालकै भएको बताएका छन्। आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा सरकारकोतर्फबाट संसदलाई जवाफ दिँदै ज्ञवालीले यस्तो भनेका हुन्। ‘सन् १८१६ मा भएको सुगौली सन्धिलाई भारतले भुल्नु हुँदैन। त्यसयता भएका पटक पटकका सन्धि सम्झौताले लिम्पियाधुरायताको सबै भूभाग नेपालको भन्ने कुरा प्रष्टसँग बोलेका छन्’, उनले भनेका छन्, ‘नेपालले प्रमाणसहित यसबारेमा...