Friday, July 31, 2026
Home Blog Page 1155
जेठ २, काठमाडौं – नेपालमा थप ९ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । यो सँगै नेपालमा संक्रमितको संख्या २ सय ५८ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार बिहान जारी गरेको प्रेस विज्ञप्तिका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र भेरी अस्पताल नेपालगञ्जमा भएको परीक्षणमा थप ९ जनामा संक्रमण भेटिएको हो ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता समिरकुमार...
जेठ २, भक्तपुर । सूचनाकालागि हरेक समय बाहिर हुने पत्रकारहरुलाई कोरोनाको जोखिम धेरै हुने भएकाले भक्तपुरमा स्वायव परीक्षण गरिएको छ । शुक्रबार नेपाल पत्रकार महासंघ जिल्ला शाखा भक्तपुरको संयोजनमा मध्यपुरथिमि नगरपालिकाको सहयोगमा २५ जना पत्रकारहरुको कोरोना परिक्षण गरिएको हो । मध्यपुरथिमि नगरपालिकाद्धारा संचालित नेपाल कोरिया मैत्री नगरपालिका अस्पतालका स्वास्थ्यकर्मीहरुले स्वायव परीक्षण गरेका हुन् ।जोखिम र विपतको समयमापनि पत्रकार अगाडी...
जेठ १, सुर्खेत । कालिकोटको पलाँता गाउँपालिका भएको विवादले चर्कोरूप लिएको छ । वैशाख २७ गते पलाँता गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम, पलाँता गाउँपालिका-२ का वडा अध्यक्ष मानबहादुर भण्डारी र नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का गाउँपालिका अध्यक्ष विष्णु रोकायाबीच कुटाकुटको भएको घटनाले नयाँ रूप लिएको हो । पलाँता गाउँपालिका-२ को ग्रामीण सडक योजनाको उपभोक्ता समिति गठन गर्ने क्रममा गाउँपालिका अध्यक्ष बम,...
जेठ १, बेइजिङ — विश्वभर कोरोना भाइरसको महामारी फैलिरहेका बेला चीनले उत्तरी मोहडाबाट आरोहणको ६०औं वार्षिकोत्सवका अवसरमा सर्वोच्च शिखर सगरमाथा लक्षित गतिविधिहरूलाई निरन्तरता दिइरहेको छ। सन् १९६० को मे २५ मा पहिलोपटक तिब्बती मोहडाबाट सगरमाथाको सफल आरोहण भएको थियो। महामारीका कारण यस वसन्त ऋतुको पर्वतारोहण गतिविधि रोकेको चीनले सगरमाथामा फाइभ(जी नेटवर्क जडान, उचाइ मापन, फोहोर संकलन, सगरमाथा केन्द्रित अनुसन्धानलगायतका गतिविधिहरूलाई...
जेठ १, काठमाडौं । उपत्यकामा कोरोना भाइरसको जोखिम बढेसँगै सरकारले परीक्षणलाई तीव्र गतिमा अघि बढाएको छ। बिहीबारबाट उपत्यका लकडाउनका बेला घरबाहिर निस्केका, राहत वितरण गर्ने स्वयमसेवक, तरकारी व्यापारी, पत्रकार, सुरक्षाकर्मीको पिसिआर परीक्षण थालिएको हो। यसका साथै बाहिरबाट उपत्यका छिरेका लगायतको कोरोना परीक्षण अघि बढाइएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कालिमाटी तरकारी बजारमा तरकारी बेच्‍नेदेखि...
१ जेठ, वीरगञ्ज । वीरगञ्जस्थित नारायणी अस्पताल भरिएपछि १६ जना कोरोना संक्रमितलाई सिद्धार्थ माध्यमिक विद्यालयमा राखिएको छ । मंगलबार र बुधबार राति थपिएका संक्रमितलाई विद्यालयमा निर्मित सेमीआइसोलेसन वार्डमा राखिएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतले जानकारी दिए ।नारायणी अस्पतालमा बेड अभाव भएपछि मंगलबार राति थपिएका १८ जनामध्ये १३ जनालाई बुधबार राति मात्रै विद्यालयको आइसोलेसन कक्षमा ल्याइएको थियो ।...
जेठ १, बर्दिया । बर्दियाको मधुवन नगरपालिका– ८ शिवदुर्गा माध्यमिक विद्यालय दुर्गापुरमा रहेको क्वारेन्टाइनबाट आज बिहान एक युवती फरार भएकी छन् । उनी भागेको जानकारी पाउनासाथ खोजी भइरहेको वडाध्यक्ष विजय रानाले बताए । काममा रहेका प्रहरी शौच गर्न गएको मौका छोपी युवती फरार भएकी हुन् । विद्यालयमा ४३ शय्या रहेकामा अहिले त्यहाँ पाँच जना मात्र छन् ।...
बैशाख ३१, दार्चुला । सशस्त्र प्रहरी ५० नम्बर गुल्मका गुल्मपति डम्बरबहादुर बिष्ट प्रहरी टोली लिएर व्यास गाउँपालिका वडा नम्बर १ छाङ्‌रू पुगेका छन्। सातजना सशस्त्र प्रहरी र दुई जना स्थानीयका साथ नेपाली सेनाको एनए ०५७ नम्बरको हेलिकोप्टर लिएर गुल्मपति बिष्ट छाङ्‌रु पुगेका हुन्।सशस्त्रको टोली बस्ने ठाउँ, घर र अन्य बन्दोबस्ती मिलाउन डिएसपीको टोली कालापानीबाट करिब १२...
बैशाख ३१, काठमाडौं । नेपाली जनताले कष्टकर दैनिकी बिताउनु परेको र अर्थतन्त्रले ठुलो क्षति ब्यहोरिरहेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसको भनाई छ । कांग्रेसले लक डाउनको ५० दिनेमा कोरोना रोकथाम तथा नियन्त्रण सम्बन्धी सरकारी कामको समीक्षा गरेको छ । देशब्यापी रूपमा लक डाउन भएको बैशाख ३० गते ५० दिन पुरा भएको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार...
बैशाख ३१, भक्तपुर । एक पुरुष र एक जना महिलामा कोराना देखिएपछि जिल्ला प्रशासन कार्यालयले उच्च सर्तकता अपनाउने भएको छ । सुनसरीको रामधुनी नगरपालिका स्थायी घर भइ हाल भक्तपुरको ठिमीमा बस्दै आएकी २५ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको हो । उनी आरोग्य अस्पतालमा कार्यरत नर्स भएको जिल्ला प्रशासन कार्यालय भक्तपुरले जनाएको छ । ती महिलामा कोरोनाको संक्रमण पुष्टि...