कोरोना पछिको नेपाल

536

-रमेश प्रजापति
कोरोना भाइरसको त्रासले गर्दा विगत २ महिनादेखि भूगोलको प्रायः सम्पूर्ण भूभाग अझै थप नै छ । संसार भरी फैलिएको यो महामारी कहिले स्थिर हुन खोजे पनि फैलिने क्रम जारी नै छ । धन्न भौतिक रुपमा असाध्यै अभावग्रस्त हाम्रो मुलुक नेपालमा जति धेरै जोखिम छ त्यस्को दाजोमा क्षति न्यून नै भन्दा पनि हुन्छ । किनकी हाम्रो जस्तो पूर्व तयारी नभएको, भ्रष्ट नेतृत्व अनुशासन हिन र न्यून चेतना भएका नागरिकहरुमा यस्तो महामारीको विचमा पनि मानविय क्षति नहुनु भनेको शायद हाम्रो शरीरमा विद्यमान प्रतिरोध क्षमता हाम्रो पहिला नै दुषित वातावरण पचाउन सक्ने क्षमता र पिरो अमिलो धेरै खाने कै कारण वा अन्य कुनै कारण हो अनुसन्धानकै विषय हो ।

कोरोना भाईरसले विश्वका मानिसहरुको सम्पूर्ण जिवन चर्चा नै फेरि दिए जस्तै हामी नेपालीहरुको पनि दिन चर्या फेरिदिएको छ । कोरोना कै कारण हाम्रो खानपान देखि, रहन सहन र रिति रिवाज सबै कुरा फेरिएको छ । तर सबै कुरा फेरिएर पनि फेर्नु पर्ने मुख्य कुरा हाम्रो बिचारको धरातल भने पहिला जस्तो थियो त्यस्तै छ यो असाध्यै चिन्ताको विषय हो । घटनाहरु त घटी रहन्छ विपतहरु पनि आई रहन्छ तर घटनाको परिस्थिति बुझेर सामना गर्ने योजना बनाई र विपतको पूर्ण तयारी नहुनु भनेको हाम्रो अवचेतन कै कारण हो त्यसैले जसरी हाम्रो समस्याहरुको जिवन चर्या फेरिएको छ त्यसरी नै हाम्रो विचार फेर्नु पर्ने अहिलेकै मुख्य आवश्यकता हो ।

हेर्नुस् कोरोना पछि विश्वमा धेरै उथलपुथल हुन्छ हामीले सपनामा पनि नचिताए सरी विश्वको रंग बदलिसकेको हुन्छ फिरिएको विश्व परिवेश सँगसँगै हामीले पनि (स्टेप दथ स्टेप) पाईला मिलाएर हिड्न जानिएन भने हामी फेरी उठ्नै नसकिने गरी पछारिन्छौं । त्यसै त विभिन्न राजनीतिक गोलचक्र, विपत्ति र परनिर्भताले विश्वमा असाध्यै गरिबीको रेखामुनिमा रहेको हाम्रो देश अब कुनै पनि घटनाले पाठ सिक्न नसकेको पाखन्डीहरुको देशको रुपमा विश्व सामु हाम्रो ठूलो उपहास हुन्छ । हामीले विगतका घटनाहरुबाट सिक्न चुकेका पाठहरुबाट ज्ञान हासिल गरी कोरोना पछिको विश्वसँग हाम्रो पहिचान, हाम्रो अस्तिव देखाउने संयोग जुटाइ दिएको छ । यो अर्थमा कोरोना महामारीलाई पनि अमूल्य शिक्षाको रुपमा ग्रहण गरी हामीले विगतका कमि कमजोरीहरुलाई गहन आत्म समिक्षा गरेर भावि योजना बनाउन तत्पर हुनै पर्छ किनकी अबको ५ वर्ष सम्म बिना स्वार्थ कुनै राष्ट्रहरुले चाहेर पनि कुनै राष्ट्रलाई सहयोग गर्न सक्ने अवस्था छैन । हरेक देशहरु आप्mनै आन्तरिक सुधारको व्यवस्थापनमा नै रुम्मलिनु पर्ने कारणले विगत जस्तो सर सहयोगको अपेक्षा गर्नु आकाशको फल जस्तै हुने कुरा निश्चित छ । त्यसैले कसरी मुलुकलाई परनिर्भरको दुष्चक्रबाट आत्मनिर्भर तर्फ उन्मुख गराउने, कसरी देशलाई समृद्ध र सबल बनाउने भने कुरामा केन्द्रित रहेर सुझावको रुपमा तल केहि कुरा उल्लेख गर्ने जमर्को गरिको छु ।

बेरोजगार र आन्दोलनको समस्या
बेरोजगारी अब आउने विश्वको प्रमुख समस्या नै हुन्छ विज्ञहरु यहि कुरामा सबै भन्दा बढी चिन्ता जाहेर गरिरहेको छ । करिब करिब २ करोड २५ लाख मानिसहरुले आप्mनो रोजगारी गुमाउँदैछन् । नेपाली छापाहरुमा पनि कोरोना पछि १० लाख नेपाली श्रमिकहरु रोजगार विमुख भइ स्वदेश फर्किने कुरा सम्प्रेशण गरिरहेका छन् । नेपालमा हाल भई रहेका सिमित उद्योग र पर्यटन क्षेत्रमा भएका ३ लाख आन्तरिक मजदुुरहरुले पनि काम विहिन हुने अवस्थामा विदेशबाट थप १० लाख फर्किए पछि ती युवाहरुलाई व्यवस्थापन गर्ने योजना हुनु अहिले मुख्य समस्या मध्ये पनि मुख्य कुरा हो । विदेशका समृद्धि प्रत्यक्ष भोगेका ती देशलाई त्यो सबल, सफल बनाउन त्यस देशका शाषकहरुको त्याग, मिहिनेत व्यवस्थापनका कथाहरु राम्रो सुनेका शिक्षित युवाहरु यहाँहरु यहाँको तथालिड्ड व्यवस्थापन, भ्रष्ट र निरंकुश राजनीतिक नेतृत्व देखेर विरक्त भएर कोही, कसैले सजिलै कुनै विचारमा पनि मोड्न सक्ने स्थितिमा यहाँ फेरी अस्थिर न होला, यहाँ फेरी आन्दोलन नहोला भनेर आंकलन गर्न सक्दैन त्यसैले समय नघर्किदै ती युवाहरुलाई व्यवस्थापन गर्ने उपायहरु के के हुन छलफल र योजना बनाउन अत्यन्त आवश्यक भै सकेको छ ।

कृषि र संभावना
कोरोनाले धेरै नै नराम्रा प्रभावहरु पारे पनि नेपालको कृषि क्षेत्रमा त केहि सकारात्मक प्रभाव पारेका छन् । दोस्रो लकडाउनको घोषणा पछि विभिन्न सहर र क्षेत्रमा कार्यरत मजदुरहरु आ–आप्mनो घर फर्के पछि पुराना हलोहरु निकालिएका छन् । शहरमा करेसा स्याहार्ने देखि गाउँमा ५० वर्ष अघि जसरी सम्पूर्ण मानिसहरु पुनः कृषि कर्ममा फर्किएको छ । बर्षौ देखि बाझो जमिन पुनः जोतिन थालेका छन् ।
सरकार विन्ती छ उपयुक्त मौका यहि हो तपाईहरुले लाखौ लोभ लाग्दा योजनाहरु बनाउनु भए पनि शहरको चाप र प्रदुषण कम गर्न नसकेको गाउँको जिवनमा पुनः र्जिवन दिन नसकीको रहेको अवस्थामा अहिले गाउँ फर्केका जनताहरुलाई गाउँमा नै होल्ड गर्ने वातावरण सिर्जना भएको छ । प्रदेश सरकार, स्थानिय सरकार मार्फन ती गाउँ फर्किएका युवा जन शक्तिलाई आवश्यक तालिम र बिउ विजनको व्यवस्थापन, लगानी पुजिको सहजिकरण, उत्पादित उपजहरुको बजार विस्तार र व्यवस्थापन गरी “शहरमा चाप कम गर्ने गाउँको मुहार फर्ने” २–३ वर्षे एक योजना नै ल्याएर कार्यान्वयन गरे नेपालको धेरै जसो समस्या समाधान हुुन्छ, सुकुम्वासीलाई काठमाडौंमा ६ आना जग्गा दिने, असाध्यै बेवकुफिपूर्ण, हावादारी योजना जो कार्यान्वयनमा रक्तचाप(किनभन्दा यो योजना कार्यान्वयन गर्न लागेमा सम्पूर्ण नेवाः समुदाय अवस्थ प्रतिरोधमा उठ्ने छन्) गर्नु भन्दा यो योजना ल्याए धेरै सुरक्षित शान्तिपूर्ण र नेपालको कायापलट हुने कोशेढुंगा सावित हुन्छ ।
संसारको पाँचै महादेशमा हुने अनुकुल वातावरणको काख फिजाएर बसेको हाम्रो पाखा पखेरा र खलियानहरु युवाहरुको कर्मठ हात र पसिना गन्ध पर्खिरहेका छन् । कर्म गर्ने युवाहरुको पलायनले बन्जर भएका भूभागहरु यी युवाहरुको गाउँ आवगमन सँगै फेरी एक चोटी हरा भरा हुदैँ नाच्छन् । जब गाउँमा खलियानहरु नाच्न थाल्छन् उकुश मुकुुुुस शहरहरुले पनि आनन्दको सास फेर्छन् ।

पर्यटन र आशंका
निश्चय पनि पर्यटन नेपालको आर्थिक मेरुदण्ड हो । नेपाल सानो देश भएर पनि मल्टीइको ड्राइभरसिटीले भरिपूर्ण हाम्रो नेपाल विश्वका पर्यटकहरुको मन पर्ने पर्यटकिय गन्तव्य मध्ये पर्छन । यहाँको हिमाल, लुम्बिनी मात्र नभएर हजारौं वर्ष देखि एक आपसमा कहिल्यै नफुट्ने सह–अस्तित्वमा बाँचि रहेका बहु जातिय, बहु भाषिक बहु धार्मिक साँस्कृतिक परम्पराले मोहित भएर पनि एकचोटि आएका पर्यटक फेरी अर्को पटक आउन लालायीत हुन्छन् । नेपालमा एकचोटी भ्रमण गर्नु भनेको ५÷६ वटा देश भ्रमण गरेको जस्तै अनुभव बोकेर फर्किन्छन् । यही विविधतायुक्त नेपालमा पछिल्ला दिनहरुमा आन्तरिक पर्यटनहरु पनि मनग्य बढेर असाध्यै सभावनायुक्त उद्योगको रुपमा फड्को मार्दै थियो । आर्थिक आंकलन अनुसार करिब ६ खर्ब रुपैया लगानी भै सकेको लाखौं मजदुर र सयौं गन्तव्यका हजारौं साना मझौला होटेलहरु अहिले सागरको मझधारमा तैरिरहेको दुंगा जस्तो भएको छ । संसारको अरु पर्यटकिय देशहरु जस्तै नेपाल पनि यो स्थितिबाट बौरिन(च्भखष्दभ) हुन अझ लामो समय लाग्छ । जति सुकै सुरक्षित गन्तव्यको रुपमा प्रचार प्रसार गरे पनि आशंकाहरु मेटन गा¥हो हुने निश्चित छ । आन्तरिक पर्यटकहरुले पनि पहिला जस्तो दिल खोलेर खर्च गर्न सक्ने अवस्था हुँदैन त्यसैले यो क्षेत्रलाई संरक्षणका लागि विशेष प्याकिङ सहितको योजना आवश्वयक छ ।

शिक्षा र स्वास्थ्य
कोरोनाले गर्दा सबैभन्दा देखिने र सारा जनताले बुझ्ने गरी सतहमा बाहिर आएको क्षेत्र भनेको शिक्षा र स्वास्थ्य नै हो । विगतमा डा. गोविन्द के.सी. यी समस्या समाधानका खातिर धर्नामा बस्दा उहाँको समर्थनमा माईतिघर मण्डलामा जागरुक नागरिकहर धर्ना बस्न आउँदा जामको कारण गालि गर्नेहरु उहाँलाई पागलको सज्ञा दिने अन्धा प्रशाशन अझ उहाँलाई काउण्टर गर्न प्रायोजीत धर्नाकारी र्शिजना गर्ने शैक्षिक मेडीकल माफियाहरुलाई पूनः एक चोटी उदागो पारी डा. के.सीहरु, मथिमा आयोगका प्रा. मथिमाहरु सुन्दरमणि दिक्षितहरु त्यति कै कराएको होइन रहेनछ भने कुरा पुनः स्मरण गराइदियो । देशमा जब कोरोनाले आक्रान्त भयो केहि तयारी नगरिएको सरकाले राता रात ओभ्नी जस्तो कम्पनिहरुसँग गरिएको सम्झौताहरु सम्बन्धि मन्त्रालय र सरकारका गतिविधिहरु र निजि अस्पताल र ठूला–ठूला झै मेडिकल झै शिक्षण संस्थाहरुको जन स्वास्थ्यप्रतिको गैर जिम्मेवारीपनले नांगो आंखाले पनि खुट्याउन सक्ने गरी छर्लङ माफियाहरुको अनुहार हेर्ने अवसर प्राप्त भयो । अहिले जन–जन, मन–मनले शिक्षा र स्वास्थ्य जो समाजलाई बदल्न र संरक्षण गर्ने महत्वपूर्व अंग नै माफियाबाट खोसेर राज्यकरण गर्नु पर्ने कुराहरुबारे व्यापक छलफल र आवाज बुलंन्द भई रहेका छन् । निश्चित छ माफियाहरुले मात्र चाहेर यो कुरालाई राज्यकरण गर्न रोक्न सक्दैन । माफियाहरुले भ्रष्ट प्रशाशन र राजनीतिक नेतृत्वहरुलाई खरिद गरे पनि स्वाभिमान वर्ग र सम्पूर्ण नागरिकहरुलाई खरिद गर्न सक्दैन यो एकदिन राज्यकरण हुन्छ, हुन्छ ।

व्यापार घाटा र अर्थ व्यवस्थापन
राणा शासनकार देखि नेपालको व्यापार कहिल्यै नाफामा नगएको व्यापार घाटा बहुदल काल पछि केहि माफियाहरुको लहै लहैमा लागेर निजीकरणको लहर सँगै चरम रुपमा चुलिएका व्यापार घाटा दरबार हत्याकाण्ड, १० वर्षे जनयुद्ध, लामो संक्रमण काल भूकम्प र भारतको अमानविय नाकाबन्दिले धरातलमा भासिएको नेपालको व्यापार घाटा वैदेशिक रोजगारमा गएका युवाहरुको रेमिट्यान्सले केहि भरथेग गर्दै आई रहेको थियो । तर कोरोनाले गर्दा अब त्यो रेमिट्यान्समा पनि ठूलो ह्रास आउने कुरा निश्चित छ । विश्वको निर्यातमुखि देशहरुको अर्थतन्त्र त अझ धेरै खस्किन्छन भने हाम्रो जस्तो सानो पुुंजिको त्यो पनि परनिर्भर अर्थतन्त्र भएको मुलुकको त अर्थ व्यवस्थापनमा ठूलो समस्या र चुनौती थपिने छ । जस्को प्रारम्भिक रुप हालै अर्थमन्त्री खतिवडाको अभिव्यक्तिले पनि प्राष्ट पार्दछ । पहिलदेखिको व्यापार घाटा चुलिरहेको देशमा वैदेशिक रोजगारबाट विमुख भई फर्केका युवाहरु र देशभित्रकै काम विहिन भै युवाहरुलाई कृषि फर्ममा व्यवस्थापन गर्न सके अर्थ व्यवस्थापन केहि मल्हम पत्तिको काम गर्न सकिन्छ कि भने झिनो आशा पलाएको छ ।

त्यसै गरी विदेशका नेपाली निकायहरुमा हजारौं गैह आप्रवासी नेपालीहरुले देश फर्किन पाउँ भन्दै निवेदन दिएका समाचारहरु पनि प्रकाशमा आई रहेका छन् । निश्चिित रुपमा तिनीहरुले त्यहाँका सम्पत्ति बेखविखन गरी पैसा र शिप बोकेरै नेपाल फिर्ता हुन्छन् नेपालको अर्थतन्त्रको व्यवस्थापनमा केहि सजिलो होला कि भनेर आश गर्न सक्ने ठाउँ छ ।
सारांसमा म यहाँ एउटा घटना समरण गराउन चाहन्छु कि सन् २००२ कोरिया जापान विश्वकप तयारीको लागि फिफाको संयोजनमा कोरियाको एक प्रतिनिधि मण्डल युरोप भ्रमणमा लगिएको थियो उक्त भ्रमणदलमा सामसङ गु्रपका अध्यक्ष ली गन ही पनि हुनु हुन्थ्यो । भ्रमण सिध्याएर कोरिया फकिर्ने क्रममा कोरियन पत्रकारहरुले विश्वकप सफल पार्न के गर्नु पर्ला भनेर सोधिएको प्रश्नको जवाफमा उहाँ भन्नुहुन्छ “आमा–बुबा, श्रीमती र छोराछोरी, बुहारी नाति बाहेक सबैकुरा फेर्नु पर्छ ।” ठिक यसै गरी नेपालको समृद्धि गर्ने हो भने हामीले पनि उहाँले भने जस्तो सम्पूर्ण कुराहरु हरेक घटनामा फेल भएका हाम्रो राजनीतिक नेतृत्व, हाम्रो आर्थिक मोडालिटी, हाम्रो सुरक्षा सयन्त्र, हाम्रो वैदेशिक नीति, हाम्रो शिक्षा र स्वास्थ्य नीति, हाम्रो कृषि र व्यापार नीति, रोजगार र उद्योग नीति, वन र उर्जाको विकास र निकास नीति, पर्यटन र पर्यावरण नीति अनि जात–भाषा, धर्म संस्कृतिमा व्यापक फेर बदल गर्नै पर्छ । जब सम्म यी कुराहरुमा आमुल परिवर्तन हुँदैन तब सम्म जति युद्ध, जति चुनाव, जति आन्दोलनका गोल चक्रहरु काटे पनि सिमित पार्टीका, मुठ्ठि भर तत्वहरुको हालिमुहालि हुन्छ आम जनता कोही तिनीहरुका पिछलगु, कोही तमासे तर धेरै विरोधीहरु भए पनि नेपाल भने उहि रुम्जाटारको घुमाई घुमि रहन्छ । सबैमा चेतना भया ।
                                                                       मध्यपुरथिमि, भक्तपुर