नेविसंघ अध्यक्षसहित सयबढी पक्राउ

94

बैशाख २९,
काठमाडौं । लिपुलेकमा भारतीय अतिक्रमणका विरुद्धमा नेपाल विद्यार्थी संघले सोमबा। काठमाडौंमा गरेको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको नेपाली काँग्रेसले भत्सर्ना गरेको छ । काँग्रेसका मुख्य सचिव कृष्णप्रासद पौडेलका अनुसार नेविसंघका अध्यक्ष राजिव ढुंगाना, महामन्त्रीहरु प्रभात दाहाल, उर्मिला थपलिया, दिपक भट्टराई, बलदेव तिम्सिना र यूवराज पाण्डे लगायत एक सयभन्दा बढी विद्यार्थी नेताहरूलाई गिरफ्तार गरेर महेन्द्र पुलिस क्लब लगायतका स्थानमा राखिएको छ ।

काँग्रेसले तत्काल उनीहरुलाई रिहा गर्न माग गर्दै लिपुलेक प्रकरणमा उच्च स्तरिय कुटनैतिक पहल मार्फत गम्भीर बन्न सरकारलाई अपिल गरेको छ । प्रदर्शनका क्रममा नेविसंघ नेता कार्यकर्ताले अतिक्रमित जग्गा फिर्ताको पहल गर्न आग्रह गर्दै नाराबाजी गरेका थिए । भारतले दार्चुलाको लिपुलेक हुँदै तिब्बतको मानसरोवर जोड्ने सडक बनाएको विरोधमा काठमाडौंलगायत देशका विभिन्न ठाउँमा विरोध प्रदर्शन भइरहेको छ ।