भूसको आगो जस्तै नेपालमा फैलियो कोरोनाः एकैदिन ५७ जनामा संक्रमित

226

बैशाख ३०,
काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १९१ पुगेको छ भने त्यमध्ये ३३ जना निको भएका छन् । आज फेरि थप ५७ जनामा कोरोना पुष्टि भएको छ। राष्ट्रिय जनस्वास्थय प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा ५७ जनामा कोरोना पुष्टि भएको र उनीहरु सबै पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार नयाँ संक्रमितमा कपिलबस्तु जिल्लाका ८ जना, रुपन्देही जिल्लाका ९ जना, पर्सा जिल्लाका ३९ जना तथा बारा जिल्लाका १ जना रहेका छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयको भनाइ छ ।