Friday, September 18, 2026
Home समाचार भक्तपुरको जगातीमा पनि ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा

भक्तपुरको जगातीमा पनि ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा

249

बैशाख २८,
भक्तपुर । अरनिको राजमार्ग हुदैं पूर्वका जिल्लाबाट राजधानी प्रवेश गर्ने प्रमुख नाका भक्तपुरको जगातीमा सवारी साधन निःसंक्रमण गराउने ‘डिस्इन्फेक्सन टनेल’ सञ्चालनमा आएको छ ।
काठमाडौँ उपत्यकामा विद्युतीय सवारी साधन सञ्चालन गर्दै आएको सुन्दर यातायात प्रालीको पहलमा तयार भएको उक्त टनेल आइतबारदेखि सञ्चालनमा ल्याएको हो ।महानगरिय प्रहरी वृत्त जगातीको चेक पोष्ट नजिकै राखिएकोे ‘डिस्इन्फेक्सन टनेल’बाट अत्यावश्यक सामग्री बोकेका सवारी साधनलाई निःसंक्रमण गराएर प्रवेश गराउन टनेल निर्माण गरिएको यातायात प्रालिका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिए ।

थापाले भने नागढुङ्गापछि टनेल जगातीमा राखेका छौं, अन्य नाकामा पनि राख्ने तयारी छ । तर, यातायात व्यवस्था विभागले सहयोग गरेन् । सुन्दर यातायातले नेपाल सरकारसंग अनुमति लिएर संस्थागत लगानीमा नै टनेल राखेपनि यातायात व्यवस्था विगागलले भने साथ नदिएको उनको भनाई छ । ‘हामीले स्वीमिङ पुलको पानी शुद्ध बनाउन प्रयोग हुने औषधि प्रयोग गरेका छौँ, जुन क्लोरिनजस्तै हो । मानव स्वास्थ्यका लागि त्यसले कुनै हानी गर्दैन’, अध्यक्ष थापाले भने । एक हप्तामा सवारीलाई डिस्इन्फेक्सन गर्न ९ हजार २ सय २३ रुपैयाँको औषधी प्रयोग हुने यो टनेल निर्माणका लागि १ लाख ६६ हजार रुपैया लागेको अध्यक्ष थापाले बताए ।

महानगरिय प्रहरी वृत्त जगातीका प्रमुख प्रहरी नायव उपरिक्षक चक्रराज जोशीले काठमाडौँ भित्रने सवारी साधनलाई कोरोना भाइरस र अन्य संक्रमणको जोखिम कम गर्न मद्दत पुग्ने बताए । टनेलबाट ठूला सवारी साधन एक मिनेटमा र साना सवारी साधन ३० सेकेण्डमा नै निःसक्रमण गर्न सकिने छ ।