Thursday, October 8, 2026
Home अर्थ भारतलाई असल छिमेकी बन्न बीमित संघको आग्रह

भारतलाई असल छिमेकी बन्न बीमित संघको आग्रह

305

बैशाख २९,
काठमाडौं । भारतले हालै नेपालीभूमि गुन्जी हुँदै लिपुलेक र मानसरोवर जोड्ने सडक निर्माण गरि उदघाटन गरेपछि यश अतिक्रमित कार्यको चौतर्फी बिरोध भएको छ। यसैबीच नेपाल बीमित हित संरक्षण संघले पनि उक्तकार्य प्रती खेद व्यक्त गर्दै नेपाली भूभागबाट भारतीय सेना हटाइ एक असल छिमेकीको रूपमा व्यबहार गर्न भारत सरकारलाई आग्रह गरेको छ । बीमित संघका अध्यक्ष कृष्ण प्रसाद न्यौपानेलेले आज एक प्रेस बिज्ञप्ती मार्फत सुगौली सन्धि अनुसार उक्त भूमि नेपालको भएअनुसार राष्ट्रिय जनगणना विस २०१९ भएर त्यहीँ रहेका नेपाली नागरिकहरुले नेपालमा नै मालपोत, भूमिकर र तिरो तिरेको लगाएत अन्य थुप्रै प्रमाणहरु रहेकाले सो भुभाग नेपालकै रहेको उल्लेख गरेका छन ।
साथै बिज्ञप्तीमा भएको छ, ‘ऐतिहासिक प्रमाणको आधारमा नेपाल सरकारले तत्काल भारतसंग वार्ता गरि आफ्नो भूमिको रक्षा गर्ने पहल गर्न यस संघको तर्फबाट हार्दिक आग्रह गर्दछु’ ।