Thursday, July 30, 2026
Home Blog Page 1133
असार २१, काठमाडौं । नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीभित्रको अन्तरद्वन्दलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादलाई कांग्रेसले नजिकबाट हेरिरहे पनि पार्टीको आवश्यकताको विषय नभएको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षी दलको नाताले सत्तारुढ दलभित्रका गतिविधिहरु नियाल्ने कर्तव्य भएपनि कुनैपनि प्रकारको भूमिका खोज्न जिम्मेवारी र संस्कारले नदिने बताए ।उनले भने– ‘पार्टी एकता...
असार २१, काठमाडौं । अमेरिकामा विगत २४ घण्टामा ४५ हजार भन्दा बढी संक्रमित थपिएका छन। अमेरिकामा एकै दिन ४५ हजार १ सय ८२ नयाँ संक्रमित थपिएका हुन्। त्यहाँ पछिल्लो २४ घन्टामा साढे २ सय मानिसको मृत्यु भएको छ। हिजो एकैदिन ब्राजिलमा एक हजार भन्दा धेरैको मृत्यु भएको छ। त्यहाँ ३५ हजार नयाँ संक्रमित थपिएका छन्।छिमेकी देश...
असार २१, काठमाडौं । नेपाली सेनाका प्रवक्तामा सहायकरथी सन्तोषबल्लभ पौडेल नियुक्त भएका छन् । उनी सैनिक मुख्यालयस्थित १५ बाहिनीपति हुन् । यसअघिका प्रवक्ता विज्ञानदेव पाण्डेलाई सुर्खेतस्थित उत्तरपश्चिम पृतनाको निमित्त पृतनापतिको जिम्मेवारी दिइएको सैनिक मुख्यालयले जनाएको छ । -रासस
असार १९, पोखरा । गण्डकी प्रदेश सरकारले सर्वोच्च अदालतले खारेज गरेको स्थानीय तहका जनप्रतिनिधिको पारिश्रमिक शीर्षक फेरेर फेरि खुवाउने तयारी गरेको छ । बिहीबार बसेको प्रदेशसभा बैठकमा सुविधासम्बन्धी विधेयक प्रदेशसभामा टेबुल गरिएको हो ।विधेयकमा प्रतिपक्ष नेपाली कांग्रेस र समाजवादी पार्टीले विरोध जनाएका छन् । कोरोना महामारीको बेला जनप्रतिनिधिलाई सुविधा दिनु गलत भन्दै दुवै पार्टीले विधेयकमाथि संशोधन प्रस्तावसमेत दर्ता गराएका...
असार १९, गुल्मी । मुसिकोट नगरपालिकामा गएको पहिरोमा परी १ जनाको मृत्यु भएको छ । बिहीबार रातीदेखिको वर्षाले गर्दा पहिरो जाँदा मुसिकोट(२ का स्थानीय ६० वर्षीय भागिरथ घिमिरेको मृत्यु भएको हो ।   वडा नम्बर २ का अध्यक्ष लक्ष्मण खत्रीका अनुसार साँझ गाउँकै होटलमा गएका खत्री पानी परेपछि घर फर्किन नसेकर होटेलमै बास बसेका थिए ।वडा नम्बर २ को दर्लुङ...
असार १९, काठमाडौं । अगामी दिनको मौसमको अवस्था यस्तो रहेको छ ।हालको मौसमको अवस्था: हाल देशभर सामान्य देखि पुर्ण बदली रही सुदुर पश्चिम प्रदेश, प्रदेश ५, बागमति प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।आगामी तीन दिनको मौसम पूर्वानुमानअसार १९ गते (शुक्रबार)दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का...
असार १९, काठमाडौं । टोले गुण्डाहरूसँग भएको मुठभेडमा सर्कल अफिसर (सीओ)सहित ८ जना प्रहरी मारिएका छन् । भारत उत्तर प्रदेशको कानपुरमा गुण्डाहरूलाई पक्राउ गर्न गएको प्रहरी टोलीमाथि आक्रमण हुँदा ८ प्रहरी मारिएका एडीजी जय नारायण सिंहलाई उद्धृत गर्दै भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । आक्रमणमा परी अन्य ४ प्रहरी घाइते भएका छन् । घटना कानपुरस्थित चौबेपुर थाना क्षेत्रको बिकरु गाउँको हो ।...
असार १९, मस्को — रुसी राष्ट्रपति भ्लादिमिर पुटिन सन् २०३६ सम्म राष्ट्रपति पदमा बहाल रहन पाउने बाटो खुलेको छ । संवैधानिक सुधारसम्बन्धी जनमतसंग्रहमा पुटिनले करिब ७८ प्रतिशत मत पाएसँगै उनी थप दुई कार्यकाल सत्तामा रहने कानुनी बाटो खुलेको हो । पुटिनको वर्तमान कार्यकाल सन् २०२४ मा सकिँदै छ । तर जनमतसंग्रहमा बहुमत ल्याएसँगै उनी थप दुई कार्यकालका लागि राष्ट्रपतिका...
असार १९, काठमाडौं । कप्तान सर्जियो रामोशको पेनाल्टीको मद्दतले रियल म्याड्रिडले गेटाफेविरुद्ध संघर्षपूर्ण जीत हासिल गर्दै ला लिगाको शीर्ष स्थानमा चार अंकको अग्रता कायम गर्न सफल भएको छ । खेलमा गेटाफेले रियललाई निराश बनाउने देखिएको थियो । तर, दोस्रो हाफमा म्याथियास ओलिभेराले ड्यानी कार्भाहाललाई फल हानेपछि रियलले पेनाल्टी पायो । पेनाल्टीलाई रामोशले सजिलै गोलमा परिणत गरे । उनले लगातार...
असार १८, एजेन्सी । पिएरे एमेरिक आउबामेयाङको दुई गोलको मद्दतले आर्सनलले प्रिमियर लिगको पुछारमा रहेको नर्विच सिटीलाई ४–० गोलअन्तरले पराजित गर्न सफल भएको छ । पराजयसँगै नर्विचको यो सिजन प्रिमियर लिगमा कायम रहने सम्भावना न्यून बन्दै गएको छ । गोलकिपर टिम क्रुलको गल्तीको फाइदा उठाउँदै खेलको ३३ औँ मिनेटमा आउबामेयाङले खेलको ३३ औँ मिनेटमा अग्रता दिलाएका थिए ।यो...