पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट योजनाकार पक्राउ

267

असार १७,
भक्तपुर । पूर्व सुचना प्रबिधि तथा संचार मन्त्री गोकुलप्रसाद बाँस्कोटाको घरमा बम बिष्फोट गराउने घटनामा संग्लन मुख्य योजनकारलाई प्रहरी पक्राउ गरेको छ । फरार रहेका मुख्य योजनाकार ने.क.पा. (विप्लव समुह) भक्तपुर जिल्लाका सेक्रेटरी ऐन बहादुर शाही भन्ने विजय शाहीलाई विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरले पक्राउ गरेको हो ।

शाहीलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले असार १५ गते पक्राउ गरेको प्रहरी परिसरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दिपक गिरीले जानकारी दिएका छन् । गत फागुन २८ गते बिहानको समयमा मध्यपुरठिमी नगरपालिका वडा नम्बर १ लोकन्थली, मनहरा नजिकै रहेको पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विष्फोट भएको थियो ।

निर्माण सम्पन्न हुन लागेको बाँस्कोटाको साढे तीन तले घरको दक्षिण पुर्वी वाल अन्य आरोपीहरु अभिषेक भन्ने टेक बहादुर बि.क, अमृत बहादुर कुमाल, लक्ष्मण सेठी, देबीबहादुर गुरुङ समेतका ४ जनालाई घटना घटेको केही दिनमा नै पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

देबीबहादुर गुरुङलाई भक्तपुर जिल्ला अदालतले साधारण तारेखमा छोड्न आदेश दिएको र बाँकी ३ जनालाई पुर्पक्षको लागी डिल्लीबजार कारागार चलान गरिएको थियो । पक्राउ परेका शाहीलाई भक्तपुर अदालतवाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको सूचना अधिकारी प्रनाउ गिरीले जानकारी दिएका छन् ।