तीन दिनको मौसम कस्तो छ ? हेर्नुहोस्

103

असार १९,
काठमाडौं । अगामी दिनको मौसमको अवस्था यस्तो रहेको छ ।

हालको मौसमको अवस्था:
हाल देशभर सामान्य देखि पुर्ण बदली रही सुदुर पश्चिम प्रदेश, प्रदेश ५, बागमति प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भईरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

असार १९ गते (शुक्रबार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, बागमति प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमति प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार २० गते (शनिबार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही सबै प्रदेशका धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ। प्रदेश १, प्रदेश २, बागमति प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। गण्डकी प्रदेश र प्रदेश ५ का एक-दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

असार २१ गते (आइतबार)

दिउँसोः देशका सबै प्रदेशहरुमा सामान्य बदली रही प्रदेश ५, सुदुर पश्चिम प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बागमति प्रदेशका केहि स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको संभावना रहेको छ।गण्डकी प्रदेश, प्रदेश ५ र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानमा स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

रातीः देशको सबै प्रदेशहरुमा सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श (Warning/Advisory for next 24 hours):

देशभर धेरै स्थानहरुमा मेघगर्जन/चट्याङ सहित हल्का देखि मध्यम वर्षा हुनुका साथै प्रदेश १, प्रदेश २, बागमति प्रदेश, गण्डकी प्रदेश, प्रदेश 5 र सुदुर पश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङ सहित भारी वर्षा (Heavy Rain) को समेत सम्भावना रहेको छ। तसर्थ ती क्षेत्रहरुका नदीहरुमा पानीको बहाव बढ्ने, भू-क्षय हुने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल / पानीको राम्रो निकास नभएको ठाउँमा डुबान समेत हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन मौसम पुर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।