Thursday, July 30, 2026
Home Blog Page 1132
असार २३, काठमाडौं । बच्चाको बाउ पत्ता लगाउनका लागि डिएनए परीक्षणलगायतका विधि अबलम्ब गरिएको त सुनिएकै हो । नाता कायम गरीपाउँ भनी अदालतमा मुद्दा पनि पर्ने गर्दछन् । तर अमेरिकामा चाहिँ एकजना महिलाले बाख्राको पितृत्व पत्ता लगाउन माग गर्दै अदालतमा मुद्दा हालेकी छिन् । कि त बाख्राको वास्तविक पिता पत्ता लगाउनका लागि पितृत्व परीक्षण गराउनुपर्ने कि त आफूलाई...
असार २३, काठमाडौँ । आगामी बिहीबारदेखि शनिबारसम्म बाढीपहिराको जोखिम बढ्ने भएको छ । मनसुन न्यूनचापीय रेखा नेपालको तराई भूभाग नजीक रहने भएकाले बिहीबार रातिदेखि नेपालमा मनसुन थप सक्रिय भई बाढीपहिराको जोखिम बढ्ने सम्भावना रहेको वरिष्ठ मौसमविद् मीनकुमार अर्यालले बताउनुभयो । मनसुन सक्रिय भएसँगै नेपालका धेरैजसो स्थानमा लगातार वर्षाका साथै तराई र पहाडका केही भूभागमा भारी वर्षासमेत हुने बताइएको छ...
असार २३, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा कांग्रेस र जनता समाजवादी पार्टीका शीर्ष नेताहरुको छलफल भएको छ। छलफलमा वर्तमान राजनीतिक घटनाक्रमबारे र सरकारको कार्यशैलीमा छलफल भएको छ। जसपाका नेता राजेन्द्र महतोले भने, ‘जनता कोरोनाले आक्रान्त भएको बेला केपी ओली र उसको पार्टीका मान्छे कसरी सत्तामा टिकिराख्ने र कुर्सी जोगाउने भनेर लागेको छ। अब...
असार २३, काठमाडौँ । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई कारवाही गरेको छ । आज बसेको पार्टीको बैठकले उनलाई सांसद र पार्टीको साधारण सदस्यबाट निष्कासित गरेको पार्टी प्रचार विभागका उपप्रमुख विश्वदीप पाण्डेले जानकारी दिए । नक्साका लागि हुन लागेको संविधान संशोधन विधेयक फिर्ताका लागि संसद सचिवालयमा सांसद गिरीले प्रस्ताव दर्ता गराएपछि उनलाई असार ८ गते बसेको पदाधिकारीको बैठकले स्पष्टीकरण सोधेको...
असार २३, काठमाडौँ । सरकारले नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक शैलेश थापा क्षेत्री नेपाल प्रहरीको महानिरीक्षकमा बढुवा गरेको छ । वरीयतामा पहिलो नम्बरमा रहेका क्षेत्रीलाई मंगलबारको मन्त्रिपरिषद् बैठकले महानिरीक्षकमा बढुवा गरेको हो । थापालाई महानिरीक्षक बनाउने प्रस्ताव लिएर गृहमन्त्री रामबहादुर थापा बालुवाटार पुगेका थिए । महानिरीक्षकको दौडमा एआईजी हरिबहादुर पाल पनि थिए । थापा र पाल एकै दिन सेवा प्रवेश...
असार २२,काठमाडौं । देशभरका पाँच वर्षसम्मका बालबालिकालाई आज भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै छ । आज खान छुटेकालाई भोलि खुवाइने छ । आफ्नो घर नजिकको खोप केन्द्रमा लगेर बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउन स्वास्थ्य सेवा विभागको पोषण शाखाले सबै अभिभावकहरुलाई अनुरोध गरेको छ ।गत वैशाख ६ र ७ गते तय गरिएको यो कार्यक्रम कोरोना भाइरसको महामारीका...
असार २२, काठमाडौं । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार तीन दिनको मौसमको कस्तो छ ? हेर्नुहोस् : हाल देशभर मनसुनी वायु को प्रभाव रहेको छ । साथै भारतको उत्तर प्रदेशको उत्तर-पूर्वी भू-भाग नजिक निम्न चापिय क्षेत्र रहेको छ । हालको मौसमको अवस्था (Present Weather Status):हाल देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश न १, बागमती प्रदेश,...
असार २२, एजेन्सी । भारतमा कोरोनाभाइरस संक्रमितको संख्या आइतबार रुसभन्दा धेरै भएको छ । भारतमा संक्रमितको संख्या ६ लाख ९५ हजार ३ सय ९६ रहेको छ भने रुसमा ६ लाख ८१ हजार २ सय ५१ संक्रमित छन् । यसका साथै भारत संसारको तेस्रो सबैभन्दा संक्रमित देश बनेको छ । पछिल्लो १० दिनमा भारतमा संक्रमितको संख्या अत्यधिक बढेको छ ।...
असार २२, मुम्बई । केही वर्षअघि नायिका जिया खानको मृत्युपछि विवादमा घेरिएका सुरज पंचोली एकपटक पुनः विवादित बनेका छन् । सुशान्त र उनकी पूर्व म्यानेजर दिशा सालियानको आत्महत्यामा सुरजको नाम मुछिएको छ । भारतीय मिडियामा प्रकाशित विभिन्न खबरका अनुसार दिशा र सुरज सम्बन्धमा थिए । दिशा गर्भवतीसमेत भएकी थिइन् तर सुरज उनीसँग विवाह गर्न चाहँदैनथे । खबरमा बताइए अनुसार यसबारे...
असार २१, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा जटिल बन्दै गएको शक्ति संघर्ष जटिल मोडमा पुगेको छ। यस्तो अवस्थामा आइतवार बालुवाटारमा दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच भएको वार्ता सकारात्मक भएको स्थायी कमिटी सदस्य जनार्दन शर्माले बताएका छन्। 'बैठकमा पार्टीभित्र उठेका सबै बिषयमा छलफल भयो। तर, निर्णय हुन सकेको छैन', उनले भने, 'त्यस बिषयमा...