Home राजनीति ‘नेकपाभित्रको अन्तरद्वन्द् कांग्रेसको आवश्यकताको विषय होइन’

‘नेकपाभित्रको अन्तरद्वन्द् कांग्रेसको आवश्यकताको विषय होइन’

0
‘नेकपाभित्रको अन्तरद्वन्द् कांग्रेसको आवश्यकताको विषय होइन’

असार २१,
काठमाडौं । नेपाली कांग्रेसले कम्युनिष्ट पार्टीभित्रको अन्तरद्वन्दलाई नजिकबाट हेरिरहेको प्रतिक्रिया दिएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवादलाई कांग्रेसले नजिकबाट हेरिरहे पनि पार्टीको आवश्यकताको विषय नभएको कांग्रेसले जनाएको छ । कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले प्रतिपक्षी दलको नाताले सत्तारुढ दलभित्रका गतिविधिहरु नियाल्ने कर्तव्य भएपनि कुनैपनि प्रकारको भूमिका खोज्न जिम्मेवारी र संस्कारले नदिने बताए ।

उनले भने– ‘पार्टी एकता गर्ने, पार्टी विभाजन गर्ने, प्रधानमन्त्रीलाई निरन्तरता दिने, प्रधानमन्त्रीलाई विस्थापन गर्ने उहाँहरुको घरायसी कुरा हो । हामी यो विषयसँग निरपेक्ष छौँ । तर यसलाई नजिकबाट हेर्ने जिम्मेवार दलको कर्तव्य हुन्छ । यो विषयमा भूमिका खोज्न भने हाम्रो संस्कारले, जिम्मेवारीले दिँदैन । त्यो कुरामा अहिले छैनौँ ।’ पार्टी सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटघाट गरेको प्रसंगमा प्रवक्ता शर्माले त्यो स्वभाविक भएको बताए । भेटमा प्रधानमन्त्रीले संसदमा भएका विषयवस्तुको चर्चा गर्नुभएको र विधेयकहरुको विषयमा आफ्नो धारणा राख्नुभएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here