आर्सनलको गोल वर्षा, चेल्सी स्तब्ध

247

असार १८,
एजेन्सी । पिएरे एमेरिक आउबामेयाङको दुई गोलको मद्दतले आर्सनलले प्रिमियर लिगको पुछारमा रहेको नर्विच सिटीलाई ४–० गोलअन्तरले पराजित गर्न सफल भएको छ । पराजयसँगै नर्विचको यो सिजन प्रिमियर लिगमा कायम रहने सम्भावना न्यून बन्दै गएको छ । गोलकिपर टिम क्रुलको गल्तीको फाइदा उठाउँदै खेलको ३३ औँ मिनेटमा आउबामेयाङले खेलको ३३ औँ मिनेटमा अग्रता दिलाएका थिए ।

यो सिजन उनको यो १८ औँ गोल थियो । लगत्तै उनले ग्रानिट जाकाका लागि गोलको अवसर सिर्जना गरे । सन् २०१९ को मार्च पछि क्लबका लागि जाकाको यो पहिलो गोल थियो । दोस्रो हाफमा आउबामेयाङले अर्को गोल थपे भने खेलमा डेब्यु गरेको २२९ सेकेन्डपछि सेड्रिक सोरेसले आर्सनलका चौथो गोल गरे । जीतसँगै आर्सनल लिगको सातौँ स्थानमा उक्लिएको छ । ३२ खेलबाट आर्सनलको ४६ अंक रहेको छ ।