पहिरोले पुरिँदा १ जनाको मृत्यु

133
सांकेतिक तस्विर

असार १९,
गुल्मी । मुसिकोट नगरपालिकामा गएको पहिरोमा परी १ जनाको मृत्यु भएको छ । बिहीबार रातीदेखिको वर्षाले गर्दा पहिरो जाँदा मुसिकोट(२ का स्थानीय ६० वर्षीय भागिरथ घिमिरेको मृत्यु भएको हो ।   वडा नम्बर २ का अध्यक्ष लक्ष्मण खत्रीका अनुसार साँझ गाउँकै होटलमा गएका खत्री पानी परेपछि घर फर्किन नसेकर होटेलमै बास बसेका थिए ।

वडा नम्बर २ को दर्लुङ हाडिखोलामा पहिरो जान थालेपछि होटल धनि हरिबहादुर घिमिरे र उनको परिवारले ज्यान जोगाउन सके पनि खत्रीलाई भने पहिरोले पुरेको वडाध्यक्ष खत्रीले जानकारी दिए । 
खत्रीको शव अहिले पनि पहिरोभित्रै रहेको छ । घटनास्थलमा उद्धारको लागि प्रहरी आउँदै गरेको वडाध्यक्ष खत्रीले बताए ।

उनका अनुसार राती परेको मुसलधारे वर्षापछी निस्दी खोलामा आएको बाढीले पहिरो झरेको हो ।
पहिरोले गाउँका केही घरगोठ बगाएको भएपनि के कति क्षती भएको छ भन्ने एकिन भइनसकेको वडाध्यक्ष खत्रीले बताए । shilapatra.com