मृगौलाको अवैध कारोबार गरेको आरोपमा तीन जना डाक्टर पक्राउ

516

असार २७,
काठमाडौं । मानव बेचबिखन नियन्त्रण ब्युरोले चितवन मेडिकल कलेजका तीन जना डाक्टरलाई पक्राउ गरेको छ । मृगौलाको अवैध कारोबार गरेको आरोपमा शनिबार जिल्ला प्रहरी कार्यालयका एक कर्मचारीसहित ४ जना पक्राउ परेका हुन् । स्रोतका अनुसार पक्राउ पर्नेमा डाक्टरहरु राकेश बर्मा, सुप्रबास शेस्ठ र बाल्कृष्ण कालाखेती रहेका छन् । जिल्ला प्रहरी कार्यालयका कर्मचारीको नाम खुलाइएको छैन । उनीहरुमाथि नेपाली नागरिकलाई भारतीय बनाएर मृगौला प्रत्यारोपन गरेको आरोप छ । -रातोपाटीबाट