संसारकै पहिलो सुनले बनेको पाँचतारे होटल, हेर्नुहोस् तस्विरमा

297

असार २७,
एजेन्सी । होटलको विलासिताले धेरैलाई आकर्षित पारेको हुनसक्छ । तर यहाँ एउटा यस्तो होटलको कुरा गर्दैछौं जुन सुनले बनेको छ । बाहिर संरचनामात्रै होइन, यो होटलको ट्वाइलेट सिटमा समेत सुनको जलप छ । भियतनामको हानेईमा बनाइएको यो पाँचतारे डोल्से हानेई गोल्डेन लेकको निर्माणमा १० करोड ६० लाख पाउन्ड अर्थात् नेपाली रुपैयाँ २३ अर्ब ८० करोड बढी खर्च भएको छ । यहाँ आउने पाहुनाले गोल्डन बाथमा आफ्नो हात धुन पाउनेछन्, गोल्डेन इन्फिनिटी पूलमा रिल्याक्स गर्न सक्नेछन् र सुनको जलप लगाइएको लबी हेरेर आश्चर्यमा पर्नेछन् । होटलको बिल्डिङमा सुनको जलप लगाउन एक टन सुन प्रयोग गरिएको छ ।