Wednesday, July 29, 2026
Home Blog Page 1125
साउन ७ विराटनगर । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरुको संख्या ४१ पुगेको छ । महोत्तरी गाउँपालिका–३ मोरइका ६० वर्षीय एक पुरुषको पनि मृत्यु भएसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४१ पुगेको हो । उनको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा गएराति ७ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा। निदेश सापकोटाले जानकारी दिए । गम्भिर अवस्थामा अस्पताल...
साउन ७, काठमाडौं । पहिरोले घर पुरिदा स्याङजामा आज विहान एक जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका छन्। जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर १० मा आमा छोरी बस्दै आएको घर पहिरोले पुरिँदा आमा ५२ बर्षिया माया सारुको मृत्यु भएको र छोरी नारायणी घाईते भएको जिल्ला प्रहरी कार्यलयका डीएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए। ...
साउन ७, काठमाडौं । त्रिभुवन विश्वविद्यालय मातहतका क्याम्पसहरु आजदेखि खुल्ने भएका छन्। नेपाल सरकारले जारी गरेको सुरक्षा निर्देशिकालाई कार्यान्वयन गर्र्दै क्याम्पस सञ्चालनमा ल्याउने निर्णय विश्वविद्यालयले गरेको छ। सरकारले कोरोना भाइरस (कोभिड –१९) को सङ्क्रमणका कारण चैत ११ देखि लगाएको बन्दाबन्दी खुला गर्ने निर्णय लिए लगतै विश्वविद्यालय आफनो नियमित कार्यक्रमलाई सुचारु राख्ने निर्णय गरेको विश्वविद्यालयले जनाएको छ। यसैवीच, विश्वविद्यालयले...
साउन ७, काठमाडौं । पूर्वसांसद बर्मन बुढाको निधन भएको छ । बुधबार बिहान साढे ४ बजे पाटन अस्पतालमा उनको निधन भएको छोरी विजया बुढामगरले जानकारी दिइन् । ९० वर्षका उनी क्यान्सर रोगबाट पीडित थिए । एक हप्ता अघिदेखि उनलाई जन्डिसले पनि च्यापेको थियो । २०४८ सालमा भएको आम निर्वाचनमा उनले संयुक्त जनमोर्चाको तर्फबाट रोल्पा क्षेत्र नंबर १ बाट चुनाव...
साउन ६, काठमाडौं । निजी सवारीको जोर विजोर भने हटेको छ । सरकारले २९ जेठबाट जोर विजोर प्रणालीअनुसार निजी सवारी चलाउन अनुमति दिएको थियो । भदौ १ गते भन्दा अघिसम्म भने उपत्यकाको हकमा काठमाडौं, भक्तपुर र ललितपुर र बाहिरको हकमा सम्बन्धित जिल्लाभित्र मात्र यातायात सञ्चालन गर्न पाइनेछ । अन्तर जिल्ला चल्ने मध्यम तथा लामो दूरीका निजी तथा सार्वजनिक सवारी...
साउन ६, काठमाडौं । गत चैत ११ गतेबाट जारी भएको लकडाउन आजरातिबाट खुल्ने भएको छ । सरकारका प्रवक्ता डा. युवराज खतिवडाले आम नागरिकमा परेको मनोवैज्ञानिक त्रास कम गर्न लकडाउन खुला गर्ने निर्णय भएको उनले बताए । लक डाउन खुलेपनि अवस्था हेरेर निषेधित क्षेत्र घोषणा गर्न सकिने उनले बताए । सरकारले आज रातिबाट लकडाउन खुला गर्ने निर्णय गरेपनि शैक्षिक संस्था,...
-उपेन्द्र बस्ताकोटी साउन ६, काभ्रे । केहि दिन यता लगातार परेको झरीका कारण मण्डनदेउपुर नगरपालिकाको वडा नम्बर १को केही केही स्थानमा गएको पहिरोसंगै सडक अवरुद्ध भएको छ । कातिकेबाट हलेदे तर्फ जाने सडकको चालिम थुक्का भन्ने स्थानमा पहिरो गएपछि गाउँबाट उत्पादन हुने दुध समेत संकलन हुन नसकेको स्थानीयहरुको भनाई छ । हजारौं लिटर दुध बिक्रि गर्न नपाएपछि...
साउन ६, काठमाडौं । कोरोना महामारीका कारण बन्द विद्यालयहरुले संचालन गर्दै आएको अनलाइन कक्षा बन्द भएसँगै अभिभावक आन्दोलित भएका छन् । लकडाउनको समयमा संचालनमा आएका अनलाइन कक्षावापत शुल्क नउठाउन भने पनि केही निजी स्कूलहरुले भने शुल्क लिएकै कक्षा संचालन गर्दै आइरहेका थिए । यस्तैमा विभिन्न विद्यार्थी संगठनहरुले शुल्क नलिन गरेको आग्रह पश्चान निजी विद्यालय संचालकहरुको संस्था प्याव्सन र एनप्याव्सनले...
साउन ६, भक्तपुर । चार स्थानीय तह मध्ये चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा पहिरोको धेरै जोखिम हुने गरेको छ । मध्यपुर, भक्तपुर नगरपालिकामा डुबानको समस्याले सधै सताउदैं आएको छ । मनोहरा र हनुमन्ते जिल्लाका दुई ठुला नदि हुन् । हनुमान्ते नदि चाँगुनारायण, भक्तपुर, सूर्यविनायक र मध्यपुरथिमी सबै नगरपालिकालाई छोएर बग्छ । मुख्यतः भक्तपुर नगरपालिकाको च्यामासिह, महेश्वरी, हनुमानघाट, बाराहीस्थान, सल्लाघारी क्षेत्रमा...
साउन ५, काठमाडौं । लगातारको वर्षाका कारण पृथ्वी राजमार्गको बेनिघाट रोराङ गाउँपालिका–१० बाँदरे, फुर्के खोला र महेश दोभानमा ठूला पहिरो खसेको छ । काठमाडौं जोड्ने मुख्य सड्क पृथ्वी राजमार्गको चितवन र धादिङ जोड्ने मौवाखोला पुल बगाएपछि राजधानी आवतजावत ठप्प भएको छ । साना पहिरो धेरै ठाउँमा खसेको र पुल नै बगाएले तत्काल काठमाडौं आवत जावत असम्भव भएको छ ।...