Saturday, October 17, 2026
Home समाचार पहिरो: एकको मृत्यु, एक घाइते

पहिरो: एकको मृत्यु, एक घाइते

796
फाइल तस्बिर

साउन ७,
काठमाडौं । पहिरोले घर पुरिदा स्याङजामा आज विहान एक जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका छन्। जिल्लाको गल्याङ नगरपालिका वडा नम्बर १० मा आमा छोरी बस्दै आएको घर पहिरोले पुरिँदा आमा ५२ बर्षिया माया सारुको मृत्यु भएको र छोरी नारायणी घाईते भएको जिल्ला प्रहरी कार्यलयका डीएसपी राजेन्द्र प्रसाद अधिकारीले जानकारी दिए। घाईते भएकी छोरीको जिल्लामै उपचार भइरहेको अघिकारीको भनार्इ छ।