‘शुल्क असुल्ने कक्षा चाहिँ नगर्ने ?’

219

साउन ६,
काठमाडौं । कोरोना महामारीका कारण बन्द विद्यालयहरुले संचालन गर्दै आएको अनलाइन कक्षा बन्द भएसँगै अभिभावक आन्दोलित भएका छन् । लकडाउनको समयमा संचालनमा आएका अनलाइन कक्षावापत शुल्क नउठाउन भने पनि केही निजी स्कूलहरुले भने शुल्क लिएकै कक्षा संचालन गर्दै आइरहेका थिए । यस्तैमा विभिन्न विद्यार्थी संगठनहरुले शुल्क नलिन गरेको आग्रह पश्चान निजी विद्यालय संचालकहरुको संस्था प्याव्सन र एनप्याव्सनले कक्षा बन्द गर्ने निर्णय गरेको छ ।

यता निजी स्कूलका अभिभावक भने आफ्ना बालबालिकाको भर्ना र महिना शुल्कसमेत बुझाइसकेकाले यो विषम परिस्थितीमा अनलाइन कक्षालाई निरन्तरता दिनुपर्ने माग राखेका छन् । तर निजी स्कूलहरुले भने अनलाइन कक्षा संचालन गर्दै आइरहे पनि शुल्क उठाउन नदिएको भन्दै कक्षा बन्द गर्ने निर्णय गरेको थियो ।

यता, भक्तपुरको गठ्ठाघरस्थित मिल्सबेरी इन्टरनेशनल प्री स्कूलले जानकारी नै नगराई अनलाइन कक्षा बन्द गरेको भन्दै अभिभावक आन्दोलित भएका छन् । लकडाउन भएपछि अनलाइनबाट कक्षा संचालन गर्दै आएको मिल्सबेरीले अनलाइन कक्षा बापतको रकम लिइसकेकाले कक्षालाई निरन्तरता दिनुपर्ने अभिभावकको माग छ ।

मिल्सबेरीका अभिभावकहरुले आज स्कूल व्यवस्थापनलाई ज्ञापनपत्र बुझाउँदै महामारीको बीचमै पनि स्कूलले संचालन गरेको अनलाइन कक्षाले थोरै भएपनि बालबालिकालाई शैक्षिक वातावरण सिर्जना गर्नमा सकारात्मक भूमिका खेलेको तर एकाएक कक्षा बन्द हुँदा बालबालिका तथा अभिभावकमा अन्यौलता छाएको बताएका छन् । -रातोपाटीबाट