भक्तपुरका जनतालाई सधै किन यस्तो त्रास ?

261

साउन ६,
भक्तपुर । चार स्थानीय तह मध्ये चाँगुनारायण र सूर्यविनायक नगरपालिकामा पहिरोको धेरै जोखिम हुने गरेको छ । मध्यपुर, भक्तपुर नगरपालिकामा डुबानको समस्याले सधै सताउदैं आएको छ ।
मनोहरा र हनुमन्ते जिल्लाका दुई ठुला नदि हुन् । हनुमान्ते नदि चाँगुनारायण, भक्तपुर, सूर्यविनायक र मध्यपुरथिमी सबै नगरपालिकालाई छोएर बग्छ । मुख्यतः भक्तपुर नगरपालिकाको च्यामासिह, महेश्वरी, हनुमानघाट, बाराहीस्थान, सल्लाघारी क्षेत्रमा वर्षेनी हनुमन्ते नदिको कारणले डुबान हुदैं आएको छ ।

यो नदि आसपास रहेका विद्यालय, पार्टी, अस्पताल र सर्वसाधरणको घरमा बाढीले गर्दा डुबान हुने गरेको भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापति बताउँछन् । हनुमन्ते नदिले मध्यपुरथिमीको केही वडा र सूर्यविनायक नगरपालिकाको केही वडालाई सिमाना भएर बग्ने गर्दछ । मनोहरा नदिले चाँगुनारायण नगरपालिकाको केही वडा र मध्यपुरको केही वडालाई छोएर बग्दछ ।

कतिपय स्थानमा हनुमन्ते र मनोहरा नदिको प्राकृति वहावलाई परिवर्तन गरिएको छ । यसबारेमा विवाद समेत हुदैं आइरहेको छ । मध्युरथिमि र सूर्यविनायक नगरपालिकाका स्थानीयबीच हनुमन्तेको बहावलाई लिएर भएको विवाद समाधान नभएको वर्षौ भइसक्यो ।
भक्तपुर नगरपालिकाका प्र्रमुख प्रजापति भन्छन् ‘खोला साघुँरो भयो, त्यसमाथी फोहर र ढल मिसाउनाले अर्को समस्या थपियो ।’ हामीले खोलालाई फरक बनाउने र गहिरो बनाउने कार्य गरेनौं भने यो समस्या समाधान हुन सक्दैन्, प्रजापतिले भने ।

चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रले भने विकाशका नाममा हुने कतिपय कामले पहिरो र डुबानको जोखिम बढ्यो । त्यसलाई न्यूनिकरण गर्न हाम्रो प्रयास जारी छ । जोखिममा परेका घरहरुलाई जोगाउन साझेदारी अन्र्तगत २ करोड रुपैयाँ खर्च गरिएको समेत मिश्रको भनाई छ ।

भक्तपुरमा कतिपय स्थानमा नदि, राजकुलो, साना खोल्छाहरु मिचेर संरचना बनाउने काम हुदाँ बस्ती डुबानमा पर्दछ । मनलाग्दो गरेर जग्गा प्लानिङ्गले गर्दा पहिरो जाने भूक्षय हुने गरेको हो ।
शहरमा घर भन्ने क्रमसंगै पानी जमिनभित्र जान नपाएकाले पनि डुबान हुने गरेको इन्जिनियर जगदिश कार्कीले बताए । सडक विस्तार, नयाँ ट्याक खोल्ने कार्य हुदाँ वातावरणीय पूर्व मुल्याकन नहुनु र अवैज्ञानिक तरिकबाट हुने विकाशले गर्दा विनाश हुने गरेको छ । प्लास्टीकजन्य फोहरलाई व्यवस्थापन नगरि खोला, ढलमा फ्याक्ने कार्य गरिदा समेत ढल बन्द भएर कतिपय क्षेत्र डुबानमा पर्ने इन्जिनियर कार्कीको भनाई छ ।

भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले भनिन् ‘अहिलेसम्म मानविय क्षति भएको छैन, भौतिक क्षति कम गर्न सुरक्षा निकाय र स्थानीय सरकारसंग समन्वय गरेर अगाडी बढिरहेका छौं । ’
क्षति कम गर्न र विपदमा छिटो उद्धार गर्न नेपाली सेना, शस्शत्र प्रहरी र नेपाल प्रहरी तयारी अवस्थामा रहेको प्रमुख जिल्ला अधिकारी पाण्डेले बताइन् ।

केही स्थानमा पहिरो गएको र नदिले कटान गर्दा बस्ती जोखिममा परेकाले क्षति कम गर्ने उपाय अवलम्वन गरिएको उनको भनाई छ । मध्यपुरथिमि नगरपालिकाका प्रमुख मदनसुन्दर श्रेष्ठले भने अहिलेसम्म नगरमा ठुलो भौतिक क्षति भएको छैन्, क्षति हुन नदिन हामीले पूर्व तयारीहरु गरेका छौं ।
मध्यपुरको वडा नम्बर ३ र ९ मा बाढीले केही असर गर्ने भएकाले तटबन्ध बनाउने काम भएको नगरप्रमुख श्रेष्ठले बताए । चाँगुनारायण नगरपालिकामा भने केही वडामा पहिरोको कारणले क्षति पुगेको र घरनै जोखिममा परेको नगरप्रमखु मिश्रले बताए ।

वडा नम्बर १, ४, ५, ६, ७ र ९ मा पहिरोको कारण जोखिम बढेको मिश्रको भनाई छ । वडा नम्बर ४ को भालाखाला भन्ने स्थानमा पहिरोको कारण सडक भत्किएको र ४ वटा घर जोखिममा परेको छ ।
वडा नम्बर ५ मा २ घर, ६को केही स्थान, ७ को भुजेलटोल र ९को गिरीटोलमा एक र पराजुलीटोलमा दुई घर जोखिममा परेको चाँगुनारायणका नगरप्रमुख मिश्रले बताए । पहिरो गएको स्थानमा बोरा र त्रिपालले छोपेर थप क्षति हुन नदिने र नदिले कटान कम गर्न जाली भने काम भईरको छ । चाँगुनारायण नगरपालिका–१ दुवाकोटमा दुईवटा मन्दिर नजिकै पहिरा गएको छ । वर्षाका कारण भक्तपुरको हनुमन्ते र मनोहरा खोलामा आएको बाढीले किनारका बस्ती र धान खेत र तरकारी खेती डुबानमा परेको छ ।

विगतका वर्षमा डुबान पर्ने गरेको क्षेत्र राधेराधे, थिमी, चारदोबाटो क्षेत्रमा भने हनुमन्ते नदि आसपासमा निर्माण हुदैं गरेको करिडोरका कारण डुबान कम भएको आंकल गरिएको छ ।
फाइल तस्विर