साउन ९,
काठमाडौं । पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराईले मुलुक संकटउन्मुख रहेको भन्दै समाधानका लागि केपी ओलीलाई प्रधानमन्त्रीबाट हटाउनुपर्नेसहित ५ बुँदे प्रस्ताव अघि सारेका छन् । शुक्रबार ट्वीट गर्दै भट्टराईले ५ बुँदे प्रस्ताव अघि सारेका हुन् ।लोकतान्त्रिक ढंगले संकटमोचन गर्न संसद अधिवेशन बोलाउनुपर्ने, केपी ओलीलाई बिदा गरेर नेकपाभित्रैबाट नयाँ प्रधानमन्त्री चयन गर्नुपर्ने, ‘अपराधका संरक्षक न्यायाधीश’लाई महाअभियोग...
साउन ९,
चितवन । नारायणगढ-मुग्लिन सडकखण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका-६ स्थित चारकिलोमा आज बिहान ४ः२० बजे पहिरो खसेको थियो । सो पहिरो पन्छाएर बिहान ९ः१० बजेबाट सडक सञ्चालनमा आएको हो ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोही स्थानमा बिहीबार राति ८ः४५ बजे पनि पहिरो खसेको थियो । राति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन...
साउन ९,
काठमाडौं । राजधानीको सीतापाइलामा एकजना युवतीमाथि तेजाव हान्ने दुईजनालाई प्रहरीले सार्वजनिक गरेको छ। बिहीबार साँझ सीतापाइलामा ओखलढुंगा घर भएकी २२ वर्षीया पवित्रा कार्कीमाथि तेजाव हानेर फरार भएका दुवैजनालाई पक्राउ गरी महानगरीय प्रहरी परिसर टेकुमा सार्वजनिक गरिएको हो। काठमाडौं परिसर र महानगरीय अपराध अनुसन्धान महाशाखाको संयुक्त टोलीले उनीहरुलाई डल्लुबाट पक्राउ गरेको थियो। पक्राउ पर्नेमा रौतहटको...
साउन ८,
काठामाडौं । साताको अन्तिम दिन आज धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक दोहोरो अङ्कले बढेको छ । लगातार तीन दिनदेखि गिरावट आइरहेको नेप्से आज १०.१३ अङ्कले बढेर एक हजार ४४२.६१ मा पुगेको छ ।यस्तै सेन्सेटिभ परिसूचक ०.७४ अङ्कले बढेर ३०३.९० मा पुगेको छ । आज कुल १८७ कम्पनीका ३३ लाख ९२ हजार ९६९ कित्ता शेयर...
साउन ८,
काठामाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले अध्यक्ष प्रचण्ड र सो पार्टीका स्थायी समिति सदस्य जनार्दन शर्मालाई जोडेर आएका भ्रामक समाचारहरुमा कुनै सत्यता नरहेको स्पस्ट पारेको छ । अध्यक्ष प्रचण्डको निजी सचिवालयका तर्फबाट प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ले बिहीबार त्यस्ता समाचारहरुप्रति ध्यानाकर्षण भएको जनाउँदै भ्रामक प्रचारहरुमा कुनै सत्यता नरहेको प्रस्ट पारेका हुन्...
साउन ८,
काठमाडौं । नेपालमा अहिलेसम्म १२ हजार ८४० जना कोरोना संक्रमणमुक्त भएका छन् । बिहीबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले आज उपत्यकाका ९ सहित १४७ मा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताए । योसँगै कुल संक्रमितको संख्या १८ हजार २४१ पुगेको छ ।उपत्यकामा बितेको २४ घण्टामा थप ९ जनामा कोरोनाभाइरस संक्रमण देखिएको छ...
साउन ७,
भक्तपुर । रामेछाप खाँडादेबी गाउँपालिका–९ स्थायी घर भएका २२ वर्षीय राजेश भन्ने सुरेश भण्डारी मध्यपुरथिमिमा मासु पसल चलाउथे । मध्यपुर थिमि नगरपालिका–४ मध्यपुर अस्पताल अगाडी रहेको पसलमा २०७६ जेठ २७ गते एक किशोरी आइन् । उनी पत्रिकाको ग्राहक बनाउदै हिड्थिन् ।
भण्डारीले ती १७ वर्षकी किशोरीलाई पत्रिकाको ग्राहक बनिदिन्छु पैसा कोठामा छ, भन्दै फकाई डेरामा लगेर जबरजस्ती...
साउन ७,
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिएको आरोपमा कैलालीको चुरे गाउँपालिका घरखेडामा कार्यरत सबइञ्जिनीयर चन्द्रदेव भट्टलाई नियन्त्रणमा लिएको छ । आयोगको कार्यालय कञ्चनपुरबाट खटिएको टोलीले सेवाग्राहीबाट रु २० हजार घुस लिएको अवस्थामा उनलाई धनगढी उपमहानगरपालिका–१ स्थित शान्ति वाटिका पार्क चोकबाट नियन्त्रणमा लिएको हो ।सबइञ्जिनीयर भट्टले सायल कृषि सडक निर्माण गरी भुक्तानी लिइसकेपश्चात पनि उक्त...
साउन ७,
काठमाडौँ । साझा र विवेकशील नेपाली दलको राजनीतिक संवाद समितिले पार्टी एकताका लागि छलफललाई तीव्रता दिएको छ । साझा सङ्गठन विभाग प्रमुख केशव दाहाल नेतृत्वको संवाद समिति र विवेकशीलका महासचिव निर्देश सिलवाल नेतृत्वको संवाद समिति निरन्तर छलफलमा छ । २८ असारमा साझा पार्टीले समान सोच भएका पार्टी, समूह र व्यक्तिहरुसँग एकीकरणको प्रक्रियालाई अगाडि बढाउन तीन सदस्यीय राजनीतिक...
साउन ७,
सिन्धुपाल्चोक । जनैपूर्णिमाको अवसरमा बर्सेनि एक हप्तासम्म मेला लाग्ने सिन्धुपाल्चोकको प्रसिद्ध धार्मिकस्थल पाँचपोखरीमा यो वर्ष भने नहुने भएको छ । पाँचपोखरी थाङपाल गाउँपालिकाले जनैपूर्णिमा मेला नगर्न आग्रह गरेको छ । गाउँपालिकाको बैठकले यो वर्ष जनैपूर्णिमाको दिन लाग्ने मेला तथा जात्रा नगर्ने निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुनिल निरौलाले जानकारी दिए ।यो वर्षको जनैपूर्णिमा साउन १९ गते परेको छ...










