कार्तिक १,
काठमाडौं । नेपालीहरुको महान चाड बडादशैं सुरु भएको छ । दशैको पहिलो दिन आज शनिवार घटस्थापना हो । नेपालीहरूको महान् चाड विजयादशमीको पहिलो दिन सबै नेपालीको घरघरमा जमरा राखिन्छ । जमरा राख्नुपूर्व गाउँघरमा रातो तथा कमेरोको माटोले र सहरमा विभिन्न रङले घर लिपपोत तथा रङरोगन गरिन्छ । घर शुद्ध भएपछि मात्र देवीको आगमन हुन्छ भन्ने मान्यता छ...
असोज २९,
काठमाडौं । उपत्यकामा पछिल्लो २४ घण्टामा १९३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा १६९२, ललितपुरमा १०८ र भक्तपुरमा १३४ गरी १९३५ जनामा संक्रमण पुष्टि भएको जानकारी दिए । गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर भने ३७४९ जनामा संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल...
असोज २९,
इलाम । इलाममा आन्तरिक पर्यटकको चहलपहल बढेको छ । लामो समयको बन्दाबन्दीका कारण सुनसान भएको इलामको पर्यटकीय स्थलहरुमा हिजोआज आन्तरिक पर्यटहकको चहलपहल बढ्न थालेको हो । बन्दाबन्दी खुलेसँगै यातायात सञ्चालनमा आएको र अनुकूल मौसम भएकाले यहाँका पर्यटकीय स्थाल कन्याम, अन्तु र माइपोखरीलगायत घुम्न आउने आन्तरिक पर्यटकको चहलपहल बढ्न थालेको छ ।
मौसममा सुधार भएसँगै पर्यटकको आगमन...
असोज २९,
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । इन्स्योरेन्सको साधारणसभा बिहिबार काठमाडौं म्यारियट होटल,नक्सालमा सम्पन्न भएको हो । सभा कम्पनीका अध्यक्ष डा.आत्माराम घिमिरेको अध्यक्षतामा सम्पन्न भएको हो । साधारणसभाले कम्पनीको सञ्चालक समितिको तर्फबाट अध्यक्षडा। आत्माराम घिमिरेज्यूले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन पारित गर्दै लेखापरीक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७५/७६ को वासलात,...
-राजकुमार लामिछाने 'प्रीन्स'
लौ आयो आयो आयो
बुद्धिजीवी आयो
त्यस्ले खायो उस्ले खायो
लाज नभका भन्दै चिच्यायो
बुझो पाए चुप लायो
नत्र,
धोती फुस्किदा नि
आफै लाज पचायो
उ आयो आयो आयो
बुद्धिजीवी आयो
माइक एउटा, एउटै होस क्यामरा
पाए झै गर्दै बिश्वकै मंच सारा
चिम्सा नजर डुलाउदै
घोक्रो फुलाउदै
टर्यो स्वरमा बुरुक्क उफ्रदै करायो
लौ हेर है बुद्धिजीवी आयो
टोपी लाउछ कहिले
गर्छ टोपिकै चर्चा
टोपी नपाओस त अनि
टोपी बिरुध्दै छर्छ पर्चा
टोपी लाउदा नि उ बुद्धिजीवी
टोपी नपाउदा...
असोज २९,
काठमाडौं । कोभिड–१९ का लक्षणसहितका बिरामीको संख्या बढ्दै गर्दा अस्पतालको शैय्या भरिन थालेको छ । आइसीयू र भेन्टिलेटरको अभाव त छदैं छ अब अक्सिजनको समेत अभाव हुन थालेको छ । कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालहरूमा बिरामीको चाप बढ्दो छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको लक्षणसहितका बिरामी बढ्दै गए आगामी दिनमा अस्पतालहरूले धान्न नसक्ने बताउँदै आएको...
असोज २८,
काठमाडौं । नेपाली काँग्रेसको केन्द्रीय कार्यसमिति बैठक दसैं तिहारपछि बस्ने भएको छ । यसअघि दुई पटक मिति तय भएर स्थगित भएको बैठक दसैं तिहारपछि मात्रै बस्ने भएको हो । कोरोनाको संक्रमण बढेको र धेरै जना एकैपटक भेला भएर छलफल गर्न सक्ने अवस्था नभएका कारण दसैंअघि बैठक नबस्ने प्रवक्ता विश्वप्रकाश शर्माले बताए ।सम्भव भए कोजाग्रत पूर्णिमाको केहीदिन...
असोज २८,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना नयाँ मन्त्री थप गरेका छन् । जसमा विष्णु पौडेललाई अर्थमन्त्री, कृष्णगोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् भने लिलानाथ श्रेष्ठ महिला बालबालिकामन्त्री बनेका छन् । यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । यस्तै यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङले...
असोज २८,
भक्तपुर । जिल्ला बाल संगठन भक्तपुरको अध्यक्षमा राजेश खड्का नियुक्त भएका छन् ।
नेपाल सरकार महिला बालबालिका तथा जेष्ठ नागरीक मन्त्रालयले मंगलबार नेपाल बाल संगठन भक्तपुर जिल्ला कार्यसमितिको अध्यक्ष नियुक्त गरेको हो । नवनियुक्त अध्यक्ष खड्काले नयाँ नेपाल न्यूजसंग कुरा गर्दै भने बालबालिकाको हकहितका लागि आफुले कार्य गर्ने छु । जिल्लामा बालश्रम अन्त्य गर्ने मेरो लक्ष्य हुनेछ...
असोज २७,
काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट थप १८ जनाको मृत्यु भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले कोरोनाबाट थप १८ जनाको मृत्यु भएको जानकारी दिएको हो । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६६३ पुगेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार...










