Monday, July 27, 2026
Home Blog Page 1083
कार्तिक २, कैलाली । धनगढीको मोहना नदी किनारमा भेटिएको शव वेपत्ता प्रहरी सहायक निरीक्षक गोविन्द बिकको भएको पुष्टि भएको छ । मोहना नदीको किनारमा घोप्टो अवस्थामा भेटिएको शव वेपत्ता प्रहरी सहायक निरीक्षक बिकको भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिहले जानकारी दिए । धनगढी उपमहानगरपालिका–१२ को जुगेडास्थित अस्थायी प्रहरी विटको इन्चार्ज समेत रहेका प्रहरी सहायक...
कार्तिक २, भारत । बलिउडसिनेमामा यदि केही उत्कृष्ट अभिनेताको नाम लिनु पर्यो भने त्यसमा ओम पुरीको नाम पनि आउँछ । ओम पुरीले जीवनमा निकै संघर्ष गरेका छन् । उनको नीजि जीवन खासै राम्रो रहेन र अन्तिम सयमसम्म उनी विवादमा घेरिइरहे । तर उनको अभिनयमा कसैले पनि कहिले औंला उठाउन सकेन । ओम पुरीको जन्मदिनमा उनीबारे केही जानकारी लिऔं ।...
कार्तिक २, कास्की । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको छ । पर्यटकीय नगरी पोखरालाई विश्वसँग जोडन यो विमानस्थल महत्वपूर्ण हुने बताइएको छ । तर विमानस्थलबाट नजिकै रहेको डम्पिङ साइटका कारण विमानस्थल जोखिममा परेको तर्फ भने कसैको ध्यान जान सकेको छैन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य करिब ६५ प्रतिशत पुरा भइसकेको छ । विमानस्थल निर्माण...
कार्तिक २, काठमाडौं । काठमाडौँ महानगरपालिकाले उपभोक्तालाई सिङमा हरियो रङ भएका खसी, बोका, भेंडा, च्याङ्ग्रा जस्ता चौपाया खरीद गर्न आग्रह गरेको छ । बडादशैंका लागि काठमाडौंँ ल्याइएका निरोग खसी—बोका तथा भेंडा—च्याङ्ग्राको सिङमा हरियो र रोगीलाई रातो लगाइने गरेको छ । कामपा पशु सेवा विभागले मासुका लागि चौपाया बिक्रीवितरण हुने स्थानमा पुगी दशैँका लागि बिक्रीका लागि राखिएका चौपायाको स्वास्थ्य परीक्षण गर्दा...
-विदुरप्रसाद तिमिल्सिनाशारदीय घामले सौन्दर्य छरेर वासन्ती दिनको आगमनसङ्गै भित्रियो आज दशैं यसपालिकोस मनमा नहुँदा समेत कुनै उमङ्ग जताततै महामारीले पार्दा आक्रान्त काले,गोरे हर्केको महङ्गो दसैँलाई ठालुको पञ्जाबाट चिर्न यो साल अनि अर्को अनि हो अर्को साल विदेशी बन्न बाध्य यो कस्तो हाल !मनमा छैन् शान्तिको कुनै रङ हुन् सक्ला र मनमा मीठो उमङ्ग काम र मामको खोजी गर्दागर्दै विदेशी भूमिमा श्रम बेच्नेहरू श्रम गुमेपछि देश फिर्नेहरू फिर्ने प्रतिक्षामा ती बस्ने हेर्दा कसरी मनाउन...
कार्तिक १, ओखलढुंगामा । एउटै पोखरीमा डुबेर थप २९ वटा बाँदर डुबेर मरेका छन् । सिद्धिचरण नगरपालिका–५ सानीटारमा शनिबार थप ७ वटा बाँदर मरेको स्थानीयले बताएका हुन् । यसअघि शुक्रबार सिंचाइका लागि निर्माण गरिएको पोखरीमा डुबेर २२ वटा बाँदर मरेको थियो । शुक्रबार डुबेकामध्ये १२ वटालाई भने स्थानीयले जिवितै उद्धार गरेको भएपनि शनिबार थप सातवटा मरेको स्थानीयले बताए ।योसँगै...
कार्तिक १, काठमाडौं । नेपाली फिल्मका छायाकार बैकुण्ठ मास्केको निधन भएको छ । ८३ वर्षीय मास्केको कोरोनाको कारण शुक्रबार निधन भएको नेपाल चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कार लामाले जानकारी दिए । कोरोना संक्रमणका कारण निधन भएका मास्के नेपाली फिल्मको पहिलो नेपाली छायाकार हुन् । २०२१ सालमा पुनास्थित भारतीय फिल्म प्राविधिक शिक्षालयबाट औपचारिक अध्ययन गरेका फर्किएका मास्केले ‘परिवर्तन’, ‘मनको बाँध’,...
कार्तिक १, काठमाडौं । बितेको २४ घण्टामा देशभर ३ हजार १६७ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । शनिबारको नियमित प्रेस ब्रिफिंगमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले सो जानकारी दिएका हुन् । उनका अनुसार आजसम्म देशभर सक्रिय संक्रमित ३८ हजार ७३७ जना पुगेका छन् । जसमा संस्थागत आइसोलेशनमा १३ हजार २९९ र होम आइसोलेशनमा २५ हजार ४३८ जना रहेका...
कार्तिक १, काठमाडौं । यस वर्षको मनसुन नेपालबाट बाहिरिएको छ । गत जेठ ३० गते ९१२ जुन० देखि नेपालको पूर्वी भूभागबाट प्रवेश गरेको यस वर्षको मनसुन शुक्रबारदेखि बाहिरिएसँगै मौसम घमाइलो हुँदै गएको छ । सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशको पश्चिमीका केही भूभागबाट असोज १५ गते नै बहिर्गमन भएको थियो । शुक्रबारदेखि देशको सम्पूर्ण भूभागबाट यस वर्षको मनसुन...
कार्तिक १, काठमाडौं । यातायात व्यवस्था विभागले आज कार्तिक १ गतेबाट पूरानै भाडा दर कायम गर्न सार्वजनिक यातायात सेवालाई निर्देशन गरेको छ । शुक्रबार एक प्रेस विज्ञप्ति जारी गर्दै विभागले मन्त्रिपरिषदको निर्णय बमोजिम मध्यम तथा लामो दूरीमा सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारीहरुमा विभागबाट जारी भएको साविककै भाडा दर कायम गर्न भनेको हो ।यसै विज्ञप्तिमार्फत विभागले यसअघि व्यवस्था भएको...