तीन नयाँ मन्त्री थपिए, पोखरेलको पद खोसियो

170

असोज २८,
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीन जना नयाँ मन्त्री थप गरेका छन् । जसमा विष्णु पौडेललाई अर्थमन्त्री, कृष्णगोपाल श्रेष्ठ सहरी विकास मन्त्री बनेका छन् भने लिलानाथ श्रेष्ठ महिला बालबालिकामन्त्री बनेका छन् । यस्तै उपप्रधानमन्त्री ईश्वर पोखरेललाई रक्षा मन्त्रालयको जिम्मेवारीबाट हटाएर प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको जिम्मेवारी दिइएको छ । यस्तै यसअघि महिला बालबालिका मन्त्री रहेका पार्वत गुरुङले सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन् । अन्य मन्त्रीहरुमा भने यसअघिकै यथावत रहेका छन् ।

नेपाल कम्युनिट पार्टी (नेकपा)का महासचिव पौडेललाई सरकारको सिफारिसमा बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा ७६ को उपधारा ९ बमोजिम अर्थमन्त्रीमा नियुक्त गरेकी हुन् । यसअघि अर्थमन्त्री रहेका डा युवराज खतिवडा संवैधानिक रुपमा मन्त्रीमा रहिरहन नमिल्ने भएपछि उनले राजीनामा दिएसँगै अर्थमन्त्रालय पद रिक्त रहँदै आएको थियो ।