Sunday, September 27, 2026
Home समाचार कोरोनाबारे पछिल्लो जानकारीः १८ जनाको मृत्यु, ३५५६ संक्रमित थपिए, १५०३ जना डिस्चार्ज

कोरोनाबारे पछिल्लो जानकारीः १८ जनाको मृत्यु, ३५५६ संक्रमित थपिए, १५०३ जना डिस्चार्ज

141
फाइल तस्विर

असोज २७,
काठमाडौं । नेपालमा कोरोनाभाइरसबाट थप १८ जनाको मृत्यु भएको छ। मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले कोरोनाबाट थप १८ जनाको मृत्यु भएको जानकारी दिएको हो । यससँगै हालसम्म कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ६६३ पुगेको मन्त्रालयले जनाएको छ ।
गत २४ घण्टामा ३ हजार ५ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । १५ हजार ५ सय ७७ को पीसीआर गर्दा आज ३ हजार ५ सय ५६ जनामा कोरोना पुष्टि भएको हो । योसँगै संक्रमितको संख्या १ लाख १५ हजार ३ सय ५८ पुगेको छ । जसमध्ये ३५ हजार ९ सय १९ जना सक्रिय संक्रमित हुन् । 
त्यस्तै, पछिल्लो २४ घण्टामा १ हजार ५ सय ३ संक्रमित उपचारपछि निको भएका छन् । योसहित निको हुनेको संख्या ७८ हजार ७ सय ८० पुगेको छ ।