कार्तिक १९,
काठमाडौँ । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसले वीर अस्पतालको इमर्जेन्सी विभागमा कार्यरत १६ जना चिकित्सकले सामूहिक राजीनामाबारे सरकारको धारणा माग गरेको छ । काँग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार ट्वीटरमार्फत वीर अस्पतालमा चिकित्सकहरुको सामुहिक राजीनामा किन भन्दै हेलो सरकारलाई मेनसन गरेका हुन् । चिकित्सकहरुका माग र भावना अविलम्ब सम्बोधन गर्न सरकारसँग उनको आग्रह छ ।शर्माले सत्ताको युद्धबाट थोरै फुर्सद...
कार्तिक १९,
वासिङ्टन । राष्ट्रपतीय निर्वाचनको मतगणना चलिरहेका बेला अमेरिकाका विभिन्न ठाउँमा विरोध प्रदर्शन भएका छन् । ती मध्ये वासिङ्टनमा राष्ट्रपति डोनाल्ड ट्रम्पका विरुद्धमा प्रदर्शन गरेका तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुसँगै अरु सयौँले प्रदर्शन गरेका थिए ।शान्तिपूर्ण प्रदर्शन गरेकाहरुलाई पनि प्रहरीले पक्राउ गरेको भन्दै अधिकारवादी, उदारवादी तथा प्रदर्शनका समर्थकहरुले आपत्ति जनाएका छन् । ...
कार्तिक १९,
बुटवल । रुपन्देहीमा दानव नदीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार बुटवल उपमहानगरपालिका–१३ बेलबासका रेशम बुढा मगरका १५ महिनाका छोरा संगीत बुढा मगरको आज दानव नदीमा डुबेर मृत्यु भएको छ । नदीको पानीमा डुबेर अचेत अवस्थामा फेला परेका बालकको उपचारको क्रममा लुम्विनी नर्सिङहोम बुटवलमा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय...
कार्तिक १९,
काठमाडौं । साम्राज्ञी राज्य लक्ष्मी शाह पहिलो पटक म्युजिक भिडियो अभिनयमा देखिएकी छन् । उनले नेहा राज्यलक्ष्मी शाहको स्वर रहेको गीत ‘तिमी र म.....’ बोल माथि बनेको म्युजिक भिडियोमा अभिनय गरेकी हुन् । साम्राज्ञीलाई भिडियो अभिनयमा पुरूष मोडलको रूपमा देवाङ्कस राणाले साथ दिएका छन् । गायिका नेहा भने साम्राज्ञीकी आमा हुन् । आमाको गीतभन्दा पनि...
कार्तिक १९, काठमाडौं । नेपालमा गत २४ घण्टामा ३ हजार ३ सय ९ जना कोरोना संक्रमित थपिएका छन् । १३ हजार १ सय ४४ को पीसीआर गर्दा आज ३ हजार ३ सय ९ जना संक्रमित थपिएका हुन् ।
योसँगै संक्रमितको संख्या १ लाख ८२ हजार ९ सय २३ पुगेको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार...
कार्तिक १८,
काठमाडौं । मनाङमा रहेर निर्यमितरुपमा पत्रकारिता गर्दै आएका पत्रकार नवीन लामिछाने सम्मानित भएका छन् । पत्रकार लामिछानेलाई गिरिजा प्रसाद कोइराला फाउण्डेशन अमेरिकाले कदरपत्रसहित सम्मान गरेको हो । लामिछाने नेपाल टेलिभिजन र राससको मनाङका सम्वाददाता हुन् । उनले मनाङका बारेमा बिभिन्न संचार माध्यमहरुमा लेख, रचना तथा रिपोर्टिंग गर्दै आएका छन् ।
कार्तिक १८,
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बहुविवाह मुद्दाका दुईजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । २०७४ सालदेखि फरार रहेका बेदकोट गाउँपालिका–४ का सुरेश लुहार र बेल्डाडी गाउँपालिका–५ की दिपा जोशी पक्राउ परेका हुन् । बहुविवाह मुद्दामा तीन वर्षदेखि फरार रहेका उनीहरुलाई कञ्चनपुर बेदकोटा नगरपालिका–३ बैतडाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ९डीएसपी० अमरबहादुर थापाले...
कार्तिक १८,
काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २४७ जना महिला र १ हजार ८६७ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ७८ हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा...
कार्तिक १८
सुर्खेत । कर्णालीका दुर्गम ठाउँमा पठाउने सरकारी अनुदानको चामल भक्तपुर लैजाने ढुवानीकर्ता पक्राउ परेका छन् । चामलका ढुवानीकर्ता वासुदेव शर्मालाई मंगलबार बिहान पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसाद घर्तीले जानकारी दिए । कम्पनीको वीरेन्द्रनगरस्थित गोदामबाट शर्माले मुगुका लागि भनेर गत साता चामल उठाएका थिए । तर, उक्त चामल मुगु नपठाई उनले भक्तपुरका लागि पठाएपछि...
कार्तिक १८,
काठमाडौं । अर्थमन्त्रालयले बीमा समितिबाट जारी भएका कोरोना बीमालेख बमोजिमको दावी गरेका बिमितहरुको बीमाङ्क रकम एक हप्ताभित्र भुक्तानी गर्न निर्देशन दिएको छ । कोरोना बीमा दावी गरेका बिमितहरुको पीसीआर परीक्षण प्रतिवेदन पोजेटिभ प्रमाणिच भएपछि बीमालेख अनुसार दिनुपर्ने रकम सबै बिमितहरुलाई सम्बन्धित बीमा कम्पनीले एक हप्ताभित्र भुक्तानी दिन मन्त्रालयले निर्देशन दिएको हो ।अर्थमन्त्री विष्णुप्रसाद पौडेलको उपस्थितिमा...










