गीत आमाको मोडलमा प्रेमीसँग देखिन् साम्राज्ञी, भिडियो सहित

165

कार्तिक १९,
काठमाडौं । साम्राज्ञी राज्य लक्ष्मी शाह पहिलो पटक म्युजिक भिडियो अभिनयमा देखिएकी छन् । उनले नेहा राज्यलक्ष्मी शाहको स्वर रहेको गीत ‘तिमी र म…..’ बोल माथि बनेको म्युजिक भिडियोमा अभिनय गरेकी हुन् । साम्राज्ञीलाई भिडियो अभिनयमा पुरूष मोडलको रूपमा देवाङ्कस राणाले साथ दिएका छन् । गायिका नेहा भने साम्राज्ञीकी आमा हुन् । आमाको गीतभन्दा पनि गीतै राम्रो लागेर आफूले म्युजिक भिडियो अभिनय गरेको साम्राज्ञीले बताएकी छन् । रमेश एमके पौडेलको प्रस्तुतिमा निर्माण भएको भिडियोका निर्देशक विषेशदेव पाण्डे हुन् । गीतमा बिराज गौतमको शब्द तथा संगीत रहेको छ । गायिका नेहाको यस अगाडि ‘मेरो मनको सपना’ र ‘फूली फूल्यो’ बोलको गीतले राम्रै चर्चा पाएको थियो ।