घरमा श्रीमती हुदाँ हुदैं …….

193

कार्तिक १८,
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बहुविवाह मुद्दाका दुईजना फरार अभियुक्तलाई पक्राउ गरेको छ । २०७४ सालदेखि फरार रहेका बेदकोट गाउँपालिका–४ का सुरेश लुहार र बेल्डाडी गाउँपालिका–५ की दिपा जोशी पक्राउ परेका हुन् । बहुविवाह मुद्दामा तीन वर्षदेखि फरार रहेका उनीहरुलाई कञ्चनपुर बेदकोटा नगरपालिका–३ बैतडाबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक ९डीएसपी० अमरबहादुर थापाले जानकारी दिए । घरमा श्रीमती हुँदाहुँदै लुहारले २०७४ सालमा दिपालाई भगाएका थिए । जेठी श्रीमतीले उनीहरुविरुद्ध जिल्ला प्रहरी कार्यालयमा वैवाहिक बलात्कार गरेको र बहुविवाह गरेको भन्दै उजुरी दर्ता गरेकी थिइन् । घटनाबारे थप अनुसन्धान भइरहेको थापाले बताए ।