कार्तिक १८,
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा चन्द्रप्रसाद ढकालसहित उनको प्यानलका उम्मेदवारहरुले उम्मेदवारी दर्ता गराएका छन् । कोभिडका कारण गत चैतमा स्थगित भएको निर्वाचन आगामी मंसिरमा हुँदैछ । मंसिर ११, १२ र १३ गते हुने निर्वाचनमा महासंघका वर्तमान उपाध्यक्ष ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दर्ता गराएका हुन् । ढकाल प्यानलबाट वस्तुगत उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, जिल्ला÷नगर उपाध्यक्षमा...
-नविन लामिछाने
कार्तिक १७, काठमाडौं । मनाङमा जन्मिएर हाल अमेरिकामा कर्मथलो बनाइ रहेका छिरिङ राप्के लामालाई 'कोभिड –१९ च्याम्पियन अफ च्याम्यिन्स 'अवार्डबाट सम्मानित गरिएको छ । शनिबार नै सोही कार्यक्रममा लामालाई सेनेटर लेरोय कोम्रेबाट कोभिड १९ हिरो भोलियन्टियर सम्मान प्रदान गरिएको छ । लामा कोरोना संक्रमणकालमा आफ्नो ज्यानको कुनै पर्वाह नगरी राहत वितरण तथा स्वास्थ्य सुरक्षा सामग्री वितरणमा सक्रिय रुपमा...
कार्तिक १७,
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विभाग गठन बाहेकका विषयमा छलफल गर्न तयार रहेको बताएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल समूहले उठाएको १६ बुँदे मागबारे छलफल गर्न सोमबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी, पूर्व पदाधिकारी र केही केन्द्रीय सदस्यको बैठकमा देउवाले भने, ‘मैले विभाग बनाइसकेँ, अरु विषयमा कुरा गर्न तयार छु ।’पौडेल समूहले विभाग गठन,...
कार्तिक १७,
काठमाडौं । कोरोना रोकथामका लागि बागलुङ जिल्लामा रहेको बागलुङ नगरपालिका–१, २, ३ र ४ वडा आज मध्यरातदेखि लागू हुने गरी एक साताका लागि बन्द गरिने भएको छ । प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेको अध्यक्षतामा आज बसेको सर्वपक्षीय बैठकले सदरमुकामका चार वडामा अत्यावश्यकबोहकका सेवा, बजार र यातायात बन्द गर्ने निर्णय गरेको हो ।बैङ्क तथा वित्तिय संस्था पनि बन्द हुने...
कार्तिक १७,
सप्तरी । दशैंको मेला हेरेर फर्किरहेकी बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा प्रहरीले राजगढ गाउँपालिका–१ झुटकीका २२ वर्षीय मुकेशकुमार यादवलाई पक्राउ गरेको छ । बलात्कार प्रयासका आरोपित यादवलाई पक्राउ गरी आज जिल्ला अदालतबाट म्यादसमेत थप गरी अनुसन्धान प्रक्रिया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । दशैंमा लागेको मेलाबाट घर फर्किरहेकी बालिकालाई यादवसहित २७ वर्षीय शैलेन्द्र यादव र २४...
कार्तिक १७
काठमाडौं । सर्वोच्च अदालतमा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालविरुद्ध अदालतमा अवहेलना मुद्दा दर्ता गरिएको छ । सरकारी अस्पतालले निःशुल्क रुपमा नागरिकको कोरोना परीक्षण गर्न दिएको सर्वोच्च अदालतको आदेशको अवज्ञा गरेको उल्लेख गर्दै अधिवक्ताहरु लोकेन्द्रबहादुर ओली र केशरजङ्ग केसीले सो मुद्दा दर्ता गराएको सर्वोच्च अदालतका प्रवक्ता भद्रकाली पोखरेलले जानकारी दिए । सर्वोच्च अदालत प्रशासनले आज दर्ता गरेको मन्त्री ढकालविरुद्ध...
-प्रकाश कुमार कार्की 'सत्यम'बीसौं शताब्दीमा विशेषता तीनओटा दर्शन बहुचर्चामा रहेका थिए । पुँजीवाद समाजवाद र साम्यवाद जुन सामाजिक आर्थिक र राजनीतिक विचारधारामा आधारित थिए । जसलाई विभिन्न देशले आफ्नो तवरले परिभाषित गर्दै व्याख्या गर्दै कतिले ती तीन दर्शन मध्ये एकलाई अनुशरण गर्दै आएको पाइन्छ । आज विश्व एक्काईसौं शताब्दीको चक्रमा घुमिरहेको छ । जहाँ लोकतन्त्रवादी प्रजातन्त्रवादी शक्ति अथवा लोकतन्त्र...
कार्तिक १६,
काठमाडौैं । प्रधानमन्त्री केपी ओलीले अलग पार्टी बनाएर जान प्रस्ताव गरेको नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताएका छन् । आफ्नै निवास खुमलटारमा बहुमत सचिवालय सदस्यको भेलामा प्रचण्डले शनिबारको भेटमा प्रधानमन्त्री ओलीले यस्तो प्रस्ताव राखेको बताएका हुन् ।
वरिष्ठ नेता झलनाथ खनाल,माधव नेपाल,उपाध्यक्ष वामदेव गौतम,प्रवक्ता नारायणकाजी श्रेष्ठ र गृहमन्त्री समेत रहेका सचिवालय सदस्य रामबहादुर थापा 'बादल' खुमलटारमा...
कार्तिक १६,
काठमाडौं । भ्रष्टाचार र कोरोना माहामारी नियन्त्रणमा सरकार असफल भएको र आफ्ना कार्यकर्तालाई झुटा मुद्धा लगाएको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाल विद्यार्थी संघले काठमाडौंमा प्रदर्शन गरेको छ ।
नेविसंघले काठमाडौंको प्रदर्शनीमार्गमा र्याली र प्रदर्शन गरेको हो । सरकार भ्रष्टाचार नियन्त्रणमा असफल भएको, बालुवाटार जग्गाकाण्डमा मुछिएकै व्यक्तिलाई मन्त्री बनाएको, कोरोना महामारी बढ्दै जाँदा सरकारले निशुल्क उपचार बन्द गरेको कारण...
कार्तिक १६,
काठमाडौं । नेपाल पत्रकार महासङ्घले कोरोना भाइरस ९कोभिड–१९० को सङ्क्रमण भएका सञ्चारकर्मीसहित सबै नागरिकको उपचार उचित व्यवस्था गर्न सरकारसँग माग गरेको छ । महासङ्घका महासचिव रमेश विष्टले आज विज्ञप्ति जारी गर्दै सङ्क्रमणको उच्च जोखिमबीच कार्यक्षेत्रमा खटिने सञ्चारकर्मी र नागरिकको निःशुल्क पिसिआर परीक्षणको व्यवस्थाका साथै उपचाररत सबै सङ्क्रमित सञ्चारकर्मीसहित सबै नागरिकको उपचारको उचित व्यवस्था गर्न माग गरेका हुन्...










