आजको कोरोना अपडेटः २० जनाको मृत्यु, ३११४ संक्रमित थपिए

102
सांकेतिक तस्विर

कार्तिक १८,
काठमाडौ । नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ११४ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । ११ हजार १६६ जनाको पीसीआर परीक्षण गर्दा १ हजार २४७ जना महिला र १ हजार ८६७ जना पुरुषलाई संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कूल संक्रमितको संख्या १ लाख ७८ हजार ६१४ पुगेको छ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा मात्र १ हजार ४६८ जना संक्रमित थपिएका छन् । यसमध्ये ६४९ जना महिला र ८१९ जना पुरुष रहेका छन् ।

हाल ३० हजार ६९४ जना संक्रमित होम आइसोलेसनमा छन् भने ३७२ जना आईसीयू र ६८ जना भेन्टिलेटरमा छन् । यस अवधिमा ३ हजार १४२ जना संक्रमित निको भएका छन् । हालसम्म १ लाख ४१ हजार १३४ जना निको भएका छन् । नेपालमा निको हुने दर ७८.६ प्रतिशत रहेको छ ।
पछिल्लो २४ घण्टामा थप २० जनाको मृत्यु भएको छ । योसँगै नेपाल कोभिड–१९ बाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ । नेपाल पीसीआर परीक्षणमध्ये संक्रमण दर १२.१ प्रतिशत रहेको छ भने पोजेटिभमध्ये मृत्यु दर ०.६ प्रतिशत रहेको छ ।