Friday, October 9, 2026
Home पत्रपत्रिका कोरोना संक्रमण: नेपालमा बढे, छिमेकमा घटे

कोरोना संक्रमण: नेपालमा बढे, छिमेकमा घटे

107

अन्नपूर्ण पोष्ट दैनिक
कार्तिक २०, काठमाडौं । सार्कमा भारतलगायत अन्य मुलुकले कोरोना संक्रमण र निको हुने दरमा उल्लेख्य प्रगति गरिरहँदा नेपालको अवस्था चिन्ताजनक देखिएको छ। सार्क मुलुकमध्ये नेपालमा सबैभन्दा थोरै संक्रमित निको भएका छन्। पाकिस्तानमा सबैभन्दा बढी ९३.८ प्रतिशत निको भएका छन्। त्यसपछि क्रमशः भारतमा ९२ र भुटानमा ९१.६, अफगानिस्तानमा ८२.५ र बंगलादेशमा ७९.८ प्रतिशत छ। नेपालमा निको हुने दर ७९।३ प्रतिशत छ। भारतमा सक्रिय संक्रमितको संख्या घटेर ५ लाख ३६ हजारमा झरेको छ। ७६ लाख ५६ हजारभन्दा बढी व्यक्ति निको भई घर फर्किसकेका छन्।

‘कोरोना संक्रमणलाई सामान्य रूपमा लिइयो। सरकार र नागरिक दुवै तहबाट हेलचेक्र्याइँ भयो’, जनस्वास्थ्यविद् डा। बाबुराम मरासिनीले भने, ‘अहिले अरिंगालको गोलामा ढुंगा हानेजस्तो अवस्था हो। अरिंगाल त रिसाएर टोक्दै हिँडेजस्तो संक्रमितहरूले पनि अरूलाई संक्रमण फैलाउन पुगेका छन्।’ डा. मरासिनीले काठमाडौं उपत्यकालगायत सहरी क्षेत्र ‘अरिंगालको गोला’का रूपमा रहेको बताए। लक्षणविहीन संक्रमित पनि गाउँगाउँ पुगेको उनको भनाइ छ।