कोरोनसङ्क्रमण भएपछि डाक्टरसँग सल्लाह लिन यी नम्बरमा फोन गरौं

189

कार्तिक १९
काठमाडौं । सरकारले तीन सय शय्याको कोभिड अस्पताल बनाउने जिम्मा नेपाल प्रहरीलाई दिएको छ । उक्त अस्पताल बनाउने जिम्मा नेपाल प्रहरी अस्पतालाई दिइको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा।जागेश्वर गौतमले बुधबार सो कुराको जानकारी दिएका छन् ।

मन्त्रालयले कोभिड प्रयोगशाला सञ्चालन गरिरहेका अस्पताल तथा मेडिकल कलेजले पोजिटिभ आएका व्यक्तिलाई टेलिफोनमार्फत परामर्श दिनुपर्ने निर्णय गरेको छ । घरमा नै बसिरहेका सङ्क्रमितलाई १११३, १११५ र ११३३ वा आफूले चिनेको चिकित्सकसँग आवश्यक जानकारी लिन डा।गौतमले अनुरोध गरे । ‘होम आइसोलेसन’ मा बसिरहेका व्यक्तिलाई चिकित्सकको सल्लाहअनुसार मात्रै औषधि खान उनले आग्रह गरे ।