खुल्यो पर्यटन, तर खुलेनन् व्यवसायी

351

कार्तिक २०
पोखरा । दसैंको टिका सकिएको भोलिपल्टै पोखराको आकाश प्याराग्लाइडिङले भरिभराउ देखिए । दसैं बिदामा जोखिम मोलेरै भए पनि घुम्न निस्किएका आन्तरिक पर्यटकहरु प्याराग्लाइडिङ गर्न ताँती नै लागेका थिए । पोखरा पर्तिरकै पदयात्रा मर्दीमा पनि हप्तादिन यता घुम्न जानेको लर्को नै लागेको छ । छेउछाउकै पदयात्रा बन्द हुँदा मर्दी भने खुल्लै थियो ।

पर्यटकको बाक्लो घुँइचो लागेपछि मर्दी प्रवेश गर्न अहिले पिसिआर रिपोर्ट अनिवार्य गरिएको छ । त्यो पनि ७२ घण्टा भित्रको । दिनमै ४–५ सय पदयात्री भित्रिन थालेपछि मर्दीमा यो नियम लागू गरिएको हो । अब कात्तिक २१ गतेदेखि मर्दी प्रवेश गर्न पिसिआर रिपोर्ट अनिवार्य लैजानु पर्नेछ ।