मंसिर ११,
काठमाडौं । भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाले कोरोनाको भ्याक्सिनमा नेपाललाई सहयोग गर्ने प्रतिवद्धता जनाएका छन् । शिंहदरबारमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसँगको शिष्टाचार भेटपछि विदेश सचिव श्रृङ्गलाले कोरोना उपचारमा प्रयोग हुने भ्याक्सिन पहिले भारतमा उपलब्ध भए नेपाललाई पनि सहयोग गर्ने प्रतिवद्धता जनाएका हुन् । सचिव श्रृङ्गलाले नेपाल भारतको सम्बन्ध सभ्यतासँग जोडिएकाले जस्तो सुकै प्रतिकुल अवस्थामा पनि नबिग्रिएको दावी गरे...
-जानू काम्बाङ लिम्बूमाइत गाउँ इखाबु आइपुगेको दुई दिन भएको थियो । मुख्य काम त बाजेबोजुको नाममा चौतारा बनाउनु थियो । तर त्यो काम गाउँलेको होस्टे र हैंसैमा काकाहरुले नै सम्हाल्दै हुनुहुन्थ्यो । बेलायतबाट आएका हामी (विजयजी, छोरी र म) लाई फुर्सदै फुर्सद । हामी मेरो मावल गाउँ फेम्बु जाने भयौं । आफू सानोमा खेलेहुर्केको बाटोघाटोमा छोराछोरी र बुढालाई पनि...
मंसिर १०,
काभ्रेपलान्चोक । पूर्वमन्त्री तथा नेकपाका नेता गोकुलप्रसाद बाँस्कोटाले लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने बताएका छन् । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत काभ्रेपलाञ्चोकको मण्डनदेउपुर नगरपालिका–१० स्थित ‘बाँसगेडी माझी बगर’ चक्लाबन्दी तथा सामूहिक खेती उद्घाटन कार्यक्रममा मङ्गलबार उनले भने लोकतन्त्रमा कुनै पनि पार्टी फुट्न नहुने तर विकास निर्माणमा पार्टी–पार्टी र आन्तरिक प्रतिस्पर्धा भने हुनुपर्छ । बाँस्कोटाले नेकपामा होहल्ला मात्रै...
मंसिर १०,
काठमाडौं । पछिल्लो २४ घण्टामा २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या १३८९ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा १९४८ जना कोरोना संक्रमित भेटिएका छन् । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख २६ हजार २६ पुगेको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
हाल देशभर १६ हजार...
मंसिर १०,
काठमाडौँ । पश्चिमी वायुको प्रभावले आज देशभर आंशिकदेखि पूर्ण बदली रही केही स्थानमा हल्का वर्षा र हिमपात हुने भएको छ । पश्चिमी वायुको प्रभावले वाग्मती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात हुनाका साथै सुदूरपश्चिम र कर्णाली प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ ।उक्त प्रणालीको प्रभावले बिहीबार...
मंसिर १०,
काठमाडौं । पछिल्लो समय नेपालमा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरुको हुन थालेको छ ।
बुधबार पोखरा र धनुषाको जनकपुरधाममा प्रदर्शन गरेका छन् । बुधबार जनकपुरधाममा प्रदर्शनमा सहभागी हुनेहरुले राजतन्त्र नै चाहिने भन्दै राजा आउ देश बचाउको नारा लगाएका थिए । जनकपुरको रेल्वे स्टेशनबाट निस्केको राजावादी समूहहरुको र्यालीले भानू चोक, कदम चोक, विद्यापती चोक, विश्वकर्मा चोक, तपसी चोक, जिरोमाइल,...
मंसिर १०,
भक्तपुर । प्रहरीले चाँगुनारायण वडा नम्बर-१ मा रहेको नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेको छ । उनलाई काठमाडौंको चण्डोलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्यूरोका डिआईजी सहकुल थापाले जानकारी दिए । क्याम्पस संचालक समितीको अध्यक्ष हुँदा न्यौपानेले अनधिकृत रुपमा रकम हिनामिना गरेको र गाडी किनेर आफ्नो नाममा नामसारी गरेर गठी गरेको आरोप लागेको छ...
मंसिर ८,
रौतहट । रौतहटमा जबर्जस्ती करणीको आरोपमा फरार एक अभियुक्तलाई ४ वर्षपछि पक्राउ गरिएको छ । २०७३ फागुन ९ गते वृन्दावन नगरपालिकामा ११ वर्षे बालिकालाई जबरजस्ती करणी गरी फरार वडा नं. ४ का दानी राय यादवका छोरा ३२ वर्षीय नागेश्वर राय यादवलाई ईलाका प्रहरी कार्यालय समनपुरको टोलीले पक्राउ गरेको हो ।आइतबार अपरान्ह साढे चार बजे गढीमाई नगरपालिका–१ स्थित...
मंसिर ८,
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीसँग सभापति शेरबहादुर देउवाको भेटलाई सत्ता साझेदारीसँग नजोड्न आग्रह गरेको छ । लोकतान्त्रिक व्यवस्थालाई सुसंस्कृत बनाउन प्रधानमन्त्री र प्रतिपक्षी दलका नेताबीच भेटघाट र संवाद हुनु सकारात्मक भएकाले सत्ता साझेदारीसँग नजोड्न कांग्रेसले आग्रह गरेको हो ।पार्टीभित्र द्वन्द्व चलिरहेका बेला प्रधानमन्त्रीले विपक्षी दलका नेतासँग भेट गरेको विषयमा भइरहेको टिप्पणीलाई...
मंसिर ८,
काठमाडौं । विस्फोटक पदार्थसहित नेत्रविक्रम चन्द (विप्लव) समूहका ६ नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । दोर्दी गाउँपालिका– ५ खिमचोक पाँचस्वाँरामा उनीहरुले अवाच्छनीय गतिविधि गरिरहेको भन्ने गोप्य सूचनाका आधारमा आज अपराह्न १ बजे प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाको नेतृत्वमा गएको टोलीले तिनलाई घेराबन्दी गरेर पक्राउ गरेको हो । पक्राउ पर्नेमा रोल्पा जिल्ला गङ्गादेव गाउँपालिका...










