करणी गरी फरार प्रतिवादी ४ वर्षपछि पक्राउ

192

मंसिर ८,
रौतहट । रौतहटमा जबर्जस्ती करणीको आरोपमा फरार एक अभियुक्तलाई ४ वर्षपछि पक्राउ गरिएको छ । २०७३ फागुन ९ गते वृन्दावन नगरपालिकामा ११ वर्षे बालिकालाई जबरजस्ती करणी गरी फरार वडा नं. ४ का दानी राय यादवका छोरा ३२ वर्षीय नागेश्वर राय यादवलाई ईलाका प्रहरी कार्यालय समनपुरको टोलीले पक्राउ गरेको हो ।

आइतबार अपरान्ह साढे चार बजे गढीमाई नगरपालिका–१ स्थित बागमती नदि बाँध सडकखण्डमा ना. ६४ प ४५०३ नंको मोटरसाईकलसहित उनलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय गरुडाका प्रमुख डिएसपी रवि रावलले जानकारी दिए । अभियुक्त यादवलाई आज रौतहट जिल्ला अदालत गौरमा उपस्थित गराई कानुनी कार्वाही सुरु गरिएको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।