पूर्वअध्यक्ष लम्बोदर न्यौपाने प्रहरीको फन्दामा

206

मंसिर १०,
भक्तपुर । प्रहरीले चाँगुनारायण वडा नम्बर-१ मा रहेको नेपाल इन्जिनियरिङ कलेजका पूर्व अध्यक्ष लम्बोदर न्यौपाने पक्राउ परेको छ । उनलाई काठमाडौंको चण्डोलबाट पक्राउ गरिएको केन्द्रीय अनुसन्धान व्यूरोका डिआईजी सहकुल थापाले जानकारी दिए । क्याम्पस संचालक समितीको अध्यक्ष हुँदा न्यौपानेले अनधिकृत रुपमा रकम हिनामिना गरेको र गाडी किनेर आफ्नो नाममा नामसारी गरेर गठी गरेको आरोप लागेको छ । ६४ वर्षीय लम्बोदरले संगठित रुपमा ठगी गरेर क्याम्पसलाई ८ करोड २१ लाख र बेरुजु सहित २३ करोड दश लाख ठगी गरेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ । उनीविरुद्ध अख्तियारका तत्कालिन आयुक्त राजनारायण पाठकसँगै ‘घुस मुद्धा दायर समेत भएको थियो । विशेष अदालतबाट धरौटीमा रिहा भएका उनको सो मुद्धा विचाराधीन छ ।
रामेछाप घर भएका न्यौपाने काठमाडौंको चण्डोल बस्थे ।