Friday, September 18, 2026
Home समाचार देशभर किन राजावादीहरु प्रदर्शन गर्दैछन् ?

देशभर किन राजावादीहरु प्रदर्शन गर्दैछन् ?

518

मंसिर १०,
काठमाडौं । पछिल्लो समय नेपालमा राजतन्त्र पुनर्स्थापनाको माग गर्दै राजावादीहरुको हुन थालेको छ ।
बुधबार पोखरा र धनुषाको जनकपुरधाममा प्रदर्शन गरेका छन् । बुधबार जनकपुरधाममा प्रदर्शनमा सहभागी हुनेहरुले राजतन्त्र नै चाहिने भन्दै राजा आउ देश बचाउको नारा लगाएका थिए । जनकपुरको रेल्वे स्टेशनबाट निस्केको राजावादी समूहहरुको र्‍यालीले भानू चोक, कदम चोक, विद्यापती चोक, विश्वकर्मा चोक, तपसी चोक, जिरोमाइल, भ्रमरपुरा चोक, बजरंग चोक, रामानन्द चोक, पिडारी चोक, ब्रह्मपुरी चोक, जचुकाली स्थित मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदर्शन गर्दै मिल्स एरिया, भानू चोक, शिव चोक हुँदै जनक चोकमा पुगि कोणसभामा परिणत भएको थियो । तर, यसरी राजावादीहरुको प्रर्दशन देशभर हुदाँ पनि सरकार र अन्य राजनितिक दल भने मौन बसेका छन् ।