Friday, October 2, 2026
Home समाचार उखु किसानको आन्दोलन स्थगितः २१ दिनभित्र बक्यौता भुक्तानी गर्ने सहमति

उखु किसानको आन्दोलन स्थगितः २१ दिनभित्र बक्यौता भुक्तानी गर्ने सहमति

293

पुस १३,
काठमाडौं । माइतीघरमा आन्दोलतरत उखु किसान र सरकारबीच चार बुँदे सहमित भएको छ । सोमबार उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा सरकारले २१ दिनभित्र किसानको सबै बक्यौता रकम उपलब्ध गराउने सहमति भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टका स्वकीय सचिव हितेश ओझाले जानकारी दिए । चार बुँदे सहमतिपछि काठमाडौंमा जारी आन्दोलन स्थगन गर्न किसान प्रतिनिधि तयार भएको उनले बताए । ओझाका अनुसार किसानको बक्यौता रकम २१ दिनभित्र उद्योगीबाट दिलाउन मन्त्रालयले पहल गर्ने र त्यो पनि सम्भव नभए कानुनी प्रक्रिया अघि बढाउने गरी सहमति भएको हो ।